पार्किङ र अन्य समस्या : एकैदिन बालेनको सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरमहलमा ‘एक्सन’

काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । 

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित पक्षको जवाफ मागेका छन् । 

संरचना भत्काउनुअघि सम्बन्धित् पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । 

बुधबार नै  मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । 

यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउन्डमा आशंका गरेको हो । 

नयाँबानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राण्न्न्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो । बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुगेका छन् । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् । 

नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् । 
 

सम्बन्धित समाचारहरू

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं – सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा...

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

धनुषा – जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो ।...

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...