निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
काठमाडौं – नेपाली बजारमा उपलब्ध निसान म्याग्नाइट, निसान किक्स र लगायतका कारको मूल्यमा वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले हालै यी मोडलको मूल्यमा वृद्धि गरेको हो ।
निसान म्याग्नाइटको मूल्यमा २ लाख रुपैयाँ सम्मले वृद्धि भएको छ । नेपाली बजारमा हाल म्याग्नाइट र म्याग्नाइट टर्बो समेत गरी ११ भेरिएन्ट उपलब्ध छन् । यी मध्ये म्याग्नाइटको बेस भेरिएन्ट ‘एक्सई’ को मूल्य पहिले ३१ लाख ९९ हजार रहेकोमा अब ३३ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी एक्सएल मिडको मूल्य ३४ लाख ९९ हजार बाट ३६ लाख ९९ हजार र एक्सभी अपर (मोनो) को मूल्य ३७ लाख ९९ हजार बाट ३९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
एक्सभी अपर (ड्युअल) को मूल्य ३८ लाख ३४ हजार बाट ४० लाख ३४ हजार पुगेको छ भने एक्सभी प्रिमियम (ड्युअल) को मूल्य ४१ लाख ८४ हजार बाट ४३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी म्याग्नाइट टर्बोको पनि मूल्य यसैगरी बढेको छ ।
निसान किक्सको पनि सामान्यतः १ लाख सम्म मूल्य बढेको छ । कुनै मोडलको मूल्य भने यथावत छ ।
निसान एक्स–ट्रेल ७ सिटरको मूल्य एकै पटक ५ लाख रुपैयाँले बढेको छ । यसको मूल्य पहिले १ करोड ४९ लाख ९९ हजार भएकोमा अब १ करोड ५४ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
निसान नभारा पिकअपको म्यानुअल भेरिएन्टको मूल्य पनि बढेको छ । यसको मूल्य पहिले ९७ लाख ९९ हजार भएकोमा अब १ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
निसान म्याग्नाइटको चिप र कन्टेनर भाडा र डलरको मूल्यमा भएको वृद्धि आदिले गर्दा मूल्य बढ्न गएको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...