नेटाले थप्यो भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल

चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप गरेको छ । उसले चाओ३०० र चाओ ४०० मोडल थप गरेको हो । यी दुवै मोडल कस्टमाइज एडिसन रहेको जनाइएको छ । यी दुई मोडलको मूल्य चिनियाँ बजारमा क्रमश १३ हजार २२५ र १४ हजार २९७ अमेरिकन डलर कायम गरिएको छ ।

यी नयाँ मोडलमा नेटाले हाल कायम रहेको डिजाइन र लुक्सलाई निरन्तरता दिएको छ । यी इलेक्ट्रिक कारको अगाडीको दुवै साइडमा पोलिगनल हेडलाइट र पछाडी वाई आकारको टेल लाइट दिइएको छ । यसैगरी यसको चाओ३०० मोडलमा लेदर स्टेरिङ ह्विल, लेदर सिट, १४.६ इन्चको सेन्ट्रल कन्ट्रोल र एलइडी लाइट उपलब्ध छ ।

अर्को मोडल चाओ४०० मा व्रेकिङ एसिस्टेन्स, लेन डिपार्चर वार्निङ, लेन किपिङ एसिस्टेन्स, एक्टिभ व्रेकिङ, थकान ड्राइभिङ वर्निङ, फ्रन्ट पार्किङ राडर, एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटेड भ्यालेट पार्किङ, ड्राइभिङ रेकर्डर र फ्रन्ट वायरलेस चार्जिङ जस्ता अत्याधुनिक फिचर्स दिइएको छ ।

यी दुई कारमध्ये चाओ३०० को अधिकतम पावर ५४ एचपी र टर्क ११० एनएम एवं रेन्ज ३०१ किलोमिटर रहेको छ भने चाओ४०० को पावर ९५ एचपी र टर्क १५० एनएम एवं रेन्ज ४०१ किलोमिटर रहेको दावी गरिएको छ ।

नेटा भी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक कार हो । ३ महिनाअघि नेपाल भित्रिएको यो कारलाई सिजी मोटर्सले आयत गरी कारोबार गर्दै आइरहेको छ । नेपाली बजारमा उपलव्ध नेटा भीको मूल्य ३८ लाख रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभ मार्फत राइड बुक गर्दा १० वटा ईभी स्कुटर जित्न सकिने

इनड्राइभ मार्फत राइड बुक गर्दा १० वटा ईभी स्कुटर जित्न सकिने

राइड सेयररिङ प्लेटफर्म इनड्राइभले यात्रु लक्षित ‘राइड मोर, विन मोर’ योजना...

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...