जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर
काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
नेपाली बजारमा हालै चिनियाँ नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर भित्रिएका छन् । यी स्कुटर मध्ये आइमाको टाइगर एस५ एक हो ।
नेपाली बजारमा उपलब्ध आइमाको सबैभन्दा कम मूल्यको मोडल टाइगर एस५ हो । टाइगर एस५ स्पोर्टी डिजाइनमा उपलब्ध स्कुटर हो । १ हजार २ सय वाटको बोस मोटर र दुवै पांग्रामा डिस्क ब्रेक भएको सो स्कुटरमा ७२ भोल्ट २० एएचको लिड एसिड ब्याट्री छ । यसको टप स्पिड ५५ किलोमिटर छ । ७ घण्टा सम्मको चार्जमा फुल चार्ज हुने सो स्कुटरको रेन्ज ७० किलोमिटर छ । यसको मूल्य १ लाख ८४ हजार रुपैयाँ छ ।
दैनिक जीवनका लागि सहज हुने गरी सो स्कुटर डिजाइन गरिएको छ । यसमा डिस्क ब्रेक, फोल्डिङ हुक, स्पेसियस स्टोरेज, स्मार्ट एलईडी इन्स्ट्रयुमेन्ट, एलईडी टेललाइट आदि विशेषता उपलब्ध छन् ।
१६० एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको यो स्कुटरमा मोडर्न स्टाइलिस सेन्स अफ टेक्नोलोजी र आईपी६७ मोडर्न वाटर एन्ड डस्ट प्रोटेक्सन सिस्टम छ । यसको आई क्याचिङ र फेसनेबल डिजाइन तथा ट्युबलेस टायर आदि विशेषता उपलब्ध छन् ।
नेपाली बजारमा यसको आधिकारिक वितरक हिमाल ईभी मोटर्स प्रालिले १० हजार रुपैयाँ छुटका साथ स्कुटर बिक्री-वितरण गरिरहेको छ ।
काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
काठमाडौं – हालै नेपाल भित्रिएको इनर्जिका इलेक्ट्रिक मोटरसाइकलको मूल्य...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...