केटीएम २०० ड्युकमा पहिलोपटक ट्रयाक्सन कन्ट्रोल र राइडिङ मोड थपिँदै
काठमाडौं–केटीएमले आफ्नो लोकप्रिय नेकेड स्पोट्र्स मोटरसाइकल २०० ड्युकलाई...
केटिएम तथा हस्कभर्ना मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले यी २ व्रान्डका मोटरसाइललाई लक्षित गरी सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । यसै महिनाको ५ देखी ८ गतेसम्म आयोजना हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र सुविधा पाउने छन् ।
उक्त क्याम्पमा मोटरसाइकलको सर्भिसिङ एवं मेन्टिनेन्स गराउँदा स्पेयर पार्ट्स र ल्यूवमा १५ प्रतिशत र लेवर चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुने कम्पनीको भनाई छ । यसैगरी निशुल्क वासिङ कुपन, डि एण्ड एफ टुल्सबाट स्क्यान, केटिएम किरिङ र गिफ्ट ह्याम्पर तथा एएमसी वुकलेट समेत प्रदान गरिनेछ ।
नक्सालस्थित वर्कशपमा अयोजना हुने उक्त क्याम्पमा सहभागी हुन ग्राहकले अग्रिम वुकिङ गराउनु पर्नेछ । यो क्याम्पबाट केटिएम र हस्कभर्ना मोटरसाइकलका ग्राहकले अधिकतम लाभ उठाउन सक्ने कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...