२३ लाख ५० हजारमा इलेक्ट्रिक सिटी कार

पायोनियर ग्रुप नेपालले नेपाली बजारमा सिटी कारको रुपमा हेनरी ब्रान्डको टाइगर मोडल बी मिनी कार लन्च गरेको छ । सो मिनी इलेक्ट्रिक कारमा ३५ किलोवाटको मोटर र १७ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले १५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

हेनरीको सो सिटी कार चीनको हेनरी अटोमोबाइल टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको हो । सन् २०१० मे मा चीनको बेइजिङ झोङग्वानकुन साइन्स एन्ड टेक्नोलोजी पार्कमा यसको स्थापना भएको थियो । कम्पनीले ‘लो–कार्वन कार बनाउने र हाई–क्वालिटी लाइफ निर्माण गर्ने’ लक्ष्य लिएको छ भने सबैलाई लो–कार्वन कार उपलब्ध गराउने अभियानमा लागेको बताएको छ ।

हेनरी टाइगर मोडल बी मिनी कार स्मल इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ । यो चार सिटर ईभी हो, जसको ह्विलबेस २४४० एमएम लामो छ । यसको डाइमेन्सन ३३८०, १४९९ र १६१० एमएम छ भने १६५ एमएम ग्राउन्ड क्लियरेन्स छ । हेन्री मिनी कारमा एसी, हिटर, पीयू लेदर सिट, रिभर्स क्यामेरा र सेन्सर, कन्ट्रोल बटन, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ईपीएस र इन्टिग्रेटेड डिजिटल इन्फोटेनमेन्ट लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

यो कारमा १७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ । रियर ह्विल ड्राइभयुक्त सो कारमा ३५ किलोवाट परमनेन्ट म्याग्नेट सिंक्रोनस छ । कारलाई १०० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुदाउन सकिन्छ । यसको ब्याट्री ४ घण्टामा २० देखि शतप्रतिशत सम्म चार्ज हुन सक्छ ।

सो मिनी कार पायोनियर ग्रुप अन्तर्गतको पायोनियर वल्र्डवाइड प्रालिले बिक्री–वितरण गरिरहेको छ । यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा सो कार टेस्ट ड्राइभ गर्न सकिन्छ । केही समय पछि उत्तरढोकाबाट समेत सेवा उपलब्ध हुने बताइएको छ ।

कम्पनीले ब्याट्रीमा ५ वर्ष र मोटरमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिने बताएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

फोर्ड इकोस्पोर्ट जस्तै बीवाईडी युआन प्रो इलेक्ट्रिक कार

चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...

ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ सम्पन्न

ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ सम्पन्न

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपिजि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...