विद्युतीय गाडीमा प्रयोग हुने मोटरका प्रकार, कुन मोटर कति प्रभावकारी ?
काठमाडौं–विद्युतीय सवारीसाधन (ईभी) मा ब्याट्रीलाई सबैभन्दा महत्वपूर्ण...
भारतका २ ठूला अटो उत्पादक टाटा र महिन्द्राले ३ वर्षपछि नयाँ प्लेटफर्मममा आधारित इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने घोषणा गरेका छन् । नेक्सन र टिगोर इभी उत्पादन गरी बिक्री वितरण थालेको टाटाले जेन२ प्लेटफर्ममा कुपे स्टायलको कर्भ एसयूभी ल्याउने यसअघि नै घोषणा गरिसकेको छ भने महिन्द्राले अस्तिमात्र ‘आइएनजिएलओ’ इभी स्टेकवोर्ड प्लेटफर्ममा एक्सयूभी इ र विई सिरिजमा ५ नयाँ एसयूभी लन्च गर्ने उद्घोष गरेको छ । साथै टाटाले जेन३ प्लेटफर्ममा अविन्या कन्सेप्ट समेत सार्वजनिक गरिसकेको छ ।
इभी निर्माणमा आक्रमक देखिएका यी २ व्रान्डले अवको ३ वर्षपछि लन्च गर्ने भनिएको २ कुपे स्टायलका मिड साइज एसयूभी महिन्द्रा विई ०५ र टाटा कर्भविच रोचक प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । यी दुवै एसयूभी अवको ३ वर्षभित्र बजारमा आइसक्ने अनुमान लगाइएको छ ।
महिन्द्राले इभी ०५ मा फक्सवागनको एमइवी प्लेटफर्मम समेत सेयर गर्ने जनाएको छ । यो एसयूभी ४३७० एमएम लामो, १९०० एमएम चौडा र १६३५ एमएम अग्लो हुनेछ । जसको ह्विलवेश २७५५ एमएम र ग्राउन्ड क्लिरियन्स २०० एमएमभन्दा माथी रहेन आाकलन गरिएको छ । यसमा प्रयोग हुने व्याट्रीलाई महिन्द्राले फ्लोर वोर्ड मुनि राख्ने जनाइएको छ । यसैगरी टाटा मोटर्सले कर्भको डामेन्सनका वारेमा कुनै जानकारी सार्वजनिक नगरेपनि यो एसयूभी ४३०० एमएम भन्दा बढी नै लामो हुने अनुमान लगाइएको छ । साथै यसको ग्राउन्ड क्लिरियन्स समेत २०० एमएम माथी नै हुनेछ ।
व्याट्री प्याकको कुरा गर्नुपर्दा महिन्द्राले यो एसयूभीमा ६० देखी ८० किलोवाट आवर साइजको ब्लेड व्याट्री प्याक प्रयोग गर्न सक्ने जनाइएको छ । जसको अधिकतम रेन्ज ४ सय किलोमिटरसम्म रहने अनुमान छ । यो एसयूभी रियर र अल ह्विलर गरी दुई ड्राइभ अप्सनमा आउन सक्नेछ । यसैगरी टाटा कर्भमा नेक्सनको लङ रेन्ज मोडल म्याक्स इभीमा प्रयोग भएको ४०.२ किलोवाट आवर माथिको व्याट्री प्याक जडान हुनसक्ने देखिएको छ । फोर ह्विल ड्राइभलाई स्ट्यान्डर्ड लेआउटका रुपमा तयार गरिने यसको रेन्ज ४ देखी ५ सय किलोमिटरसम्म रहने आँकलन गरिएको छ ।
दुवै एसयूभी कुपे स्टायलमा आधारित रहेपनि कर्भको डिजाइन विई ०५ को तुलनामा केही निखारिएको हुनेछ । यी दुवै एसयूभीको इन्टेरियर भने लगभग उस्तैउस्तै फिचर्सले सुसज्जित हुने अनुमान छ । जसअन्तर्गत दुवै एसयूभीमा रेक्टेङगुलर टु स्पोक स्टिेरिङ ह्विल, दुई वटा डिस्प्ले, गियर र वाँकी कार्य सञ्चालन गर्न दुवै एसयूभीमा रोटरी डायल र फराकिलो क्याविन स्पेस उपलब्ध हुनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...