भदौ १ देखि लागू हुने गरी अटो लोनको नयाँ दर सार्वजनिक

काठमाडौं – बैंकहरुले भदौ १ देखि लागू हुने गरी नयाँ दर सार्वजनिक गरेका छन् । बैंकहरुले आफूले प्रदान गर्ने ब्याज दरका साथै बैंकले ऋण प्रदान गर्दा लिने ब्याज दर समेत सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले आफूले दिने अटो लोन र यसको दर समेत सार्वजनिक गरेका छन् ।

भदौ १ देखि लागू हुने गरी यसरी ब्याज दर सार्वजनिक गरेका बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरी ब्याज दर सार्वजनिक गरेका छन् । हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ७.८६ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि १२.८६ प्रतिशत सम्म ब्याज लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० प्रतिशत दर तोकेको छ ।

लक्ष्मी बैंकले भने यसका लागि बेस रेटमा ६ प्रतिशत सम्म जोडेर ब्याज दर लिनेछ । हाल यसको बेस रेट ९.९९ प्रतिशत भएकाले १५.९९ प्रतिशत सम्म ब्याज दर हुनेछ । बैंकले स्थिर ब्याज दरमा भने १३.९९ देखि १५.९९ प्रतिशत सम्म ब्याज दर लिने बताएको छ ।

यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १५ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै नै बढेको पाइन्छ ।

यद्यपि यति धेरै ब्याज दर बढ्दा पनि बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र सो दर सार्वजनिक गरेको भन्न सकिन्छ । हाल बैंकहरुले अटो लोनका लागि उपलब्ध गराउने रकमकै अभाव छ भने यसमा सरकारको नीतिले पनि भूमिका खेलेको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको छ । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको छ । त्यसैगरी बैंकहरुमा पर्याप्त तरलताको अभाव छ । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था छ ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

सम्बन्धित समाचारहरू

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स...

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा अटो लोन, ब्याजदर जम्मा ७.७७ प्रतिशत

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा अटो लोन, ब्याजदर जम्मा ७.७७ प्रतिशत

काठडमाडौं– राष्ट्रिय बाणिज्य बैंकले ७ वर्षसम्म स्थिन रहने ब्याजदरमा अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...