विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो, इन्धनको खपत घट्याे
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री...
भारतीय अटो उत्पादक टाटा र महिन्द्रा इभी उत्पादनमा सवैभन्दा बढी आक्रमक देखिएका छन् । यी दुई स्थापित ब्रान्डलाई टक्कर दिन स्टार्टअप कम्पनी ओलाले समेत भित्रभित्रै नयाँ रणनिती वनाइरहेको छ । उसले २ वर्षपछि पहिलो इलेक्ट्रिक कार लन्च गर्ने उद्घोष नै गरिसकेको छ । ओलाले हाल इलेक्ट्रिक स्कुटर एस१ र एस१ प्रो उत्पादन गरी विक्रीवितरण गरिरहेको छ । यी २ स्कुटर बजारमा लोकप्रिय समेत वनिरहेका छन् ।
यी तीन ब्रान्डमध्ये टाटाले सवैभन्दा पहिले सन् २०२० को जनवरी महनामा पहिलो इभी नेक्सनलाई वजारमा उतारेको थियो । रेगुलर नेक्सनकै इभी अवतार यो एसयूभी अहिले भारत र नेपाल दुवै राष्ट्रमा लोकप्रिय वनिरहेको छ । नेक्सनको अपार सफलतापछि टाटा मोटर्सले यसकै लङ रेन्ज भर्सन नेक्सन इभी म्याक्सलाई समेत बजारमा उतार्न भ्याइसकेको छ भने नेक्सन इभीको डर्क एडिसनलाई समेत बिक्री गरिरहेको छ ।
इलेक्ट्रिक कारको माग विश्वव्यापी रुपमै बढ्न थालेपटि टाटाले भारतीय इभी पारखीलाई मध्येनजर गरी नेक्सन इभी निर्माण गरेको थियो । विदेशी ब्रान्डका कार आयतमा उच्च कर लगाउने भारत सरकारको नितीका कारण वाहिरी मुलुकबाट आयत हुने इभी लगायत कारको मूल्य उच्च रहँदै आएको छ । यस्तोमा स्वदेशी व्रान्ड टाटाले नेक्सन इभीलाई सस्तो मूल्यमै बजारमा उतारेपछि यो एसयूभीमा ग्राहक आकर्षित हुन थालेका हुन् ।
कम्वस्चन इन्जिनको विकल्पका रुपमा लिन थालिएको इलेक्ट्रिक कारले निकट भविष्यमै ठूलो बजार हिस्सा लिने अड्कलबाजी गर्दै टाटाले अविन्या कन्सेप्ट समेत सार्वजनिक गरिसकेको छ । यो कन्सेप्ट अन्तर्गतका कारलाई सन् २०२५ देखी बजारमा ल्याउने उसको योजना छ । टाटाको आफ्नै जेन३ इभी प्लेटफर्मममा उत्पादन हुने यी कार आकर्षक, अत्याधुनिक र विलासी हुने उसले ठहर गरेको छ । यो कन्सेप्ट अन्तर्गत नयाँ इलेक्ट्रिक कार उत्पादन नहुन्जेलसम्म उसले हाल उपलब्ध नेक्सन र टिगोर इभीको बिक्रीमा जोड दिनेछ र यसले महिन्द्रा र ओलाका कार लन्च नहुँदासम्म एकछत्र बजार लिई नै रहनेछ ।
त्यसो त भारतको सवैभन्दा ठूलो एसयूभी उत्पादक महिन्द्राले पनि यसै वर्षको अन्त्यसम्ममा एक्सयूभी४०० नाममा नयाँ इलेक्ट्रिक एसयूभीलाई बजारमा उतार्ने उद्घोष गरिसकेको छ । साथै उसले केयूभी १०० लाई समेत इभी भर्सनमा उतार्ने तयारी गरिरहेको छ । यी नयाँ एसयूभी बजारमा आएपछि नेक्सन इभीको अहिलेको एकछत्र बजार हिस्सालाई चुनौती दिने अड्कलबाजी शुरु भैसकेको छ । हाल कारोबार भैरहेको एक्सयूभी ३०० को इभी भर्सन एक्सयूभी ४०० इभीले टाटाको नेक्सन इभीसंग रोचक प्रतिस्पर्धा गर्नेमा कुनै शंका गर्नुपर्ने देखिँदैन ।
इलेक्ट्रिक कारको भविष्य सुन्दर देखेको महिन्द्राले अवको २ वर्षपछि वर्न इभी कन्सेप्ट हुँदै सन् २०२६ सम्ममा सवै इलेक्ट्रिक कारलाई मोडुलर इलेक्ट्रिक स्केटवोर्ड प्लेटफर्म ‘आइएनजिएलओ’ मा रुपान्तरण गरिसक्ने हिँजो आयोजित एक कार्यक्रममा उद्घोष गरेको छ । उसले दुई सव ब्रान्ड एक्सयूभी इ र बीई सिरिजमा एक्सयूभी ई ८ लाई २०२४ को डिसेम्बरबाट बिक्री गर्ने योजना बनाएको छ । त्यसैगरी, सन् २०२५ अप्रिलमा एक्सयूभी ई ९, २०२५ कै अक्टोबरमा बीई ०५, २०२६ को अक्टोबरमा बीई ०७ बजारमा आउने छन् । महिन्द्राको यी नयाँ इलेक्ट्रिक कार र टाटा अविन्या कन्सेप्ट अन्तर्गत आउने नयाँ कार एकै समयमा आउने हुँदा त्यसमा पनि रोचक भिडन्त हुने देखिन्छ ।
यसैगरी हाल उपलब्ध भैरहेका इलेक्ट्रिक स्कुटरसहित कार र लिथियम आयोन व्याट्रीको उत्पादन एउटै प्लान्टबाट गर्ने गरी अघि बढेको ओलाले पनि अवको २ वर्षपछि अर्थात सन् २०२४ को अन्त्यसम्ममा आफ्नो पहिलो इलेक्ट्रिक कारलाई लन्च गर्ने योजना बनाएको छ । प्योर इभी प्लेटफर्मममा निर्माण हुने यो कार पावर र पर्फमेन्सको साथै डिजाइन र आधुनिक फिचर्सको मामलामा अव्वल सावित हुने उसको दावी छ । विस्तृत विवरणहरु सार्वजनिक भैनसकेको यो सेडान कारको टिजर भने वाहिर आइसकेको छ ।
यी तीन ब्रान्ड वाहेक मारुती सुजुकी, टोयोटा, एमजी, फक्सवागन, स्कोडा, हुन्डाई र किया लागयतले पनि भारतीय बजारलाई लक्षित गरी नयाँ मोडलका इलेक्ट्रिक कार उतार्ने तयारी थालिरहेका छन् । यस हिसावले पनि अवको ३ वर्षपछि भारतमा भारतको आफ्नै ब्रान्ड टाटा, महिन्द्रा र ओलासंग अन्य वाहिरी व्रान्डको रोचक प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री...
काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...
काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...