यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी भर्सन सार्वजनिक गरेको छ । सो एसयूभी जिप डिलरशिप वा जिप इन्डियाको आधिकारिक वेबसाइटमा गएर बुक गर्न सकिन्छ । कम्पास एसयूभी पहिलो पटक सन् २०१७ मा लन्च गरिएको थियो ।

नयाँ जिप कम्पासमा फेन्डर फ्लेयर, न्यूट्रल ग्रे रिङसहितको ग्लोस ब्ल्याक ग्रिल र ओआरभीएममा न्यूट्रल ग्रे एक्सेन्ट ब्याजिङ जस्ता विशेषता देख्न सकिन्छ । साथै ग्रेनाइट क्रिस्टल फिनिस र एक्सेन्ट कलर रूफ रेल तथा ब्ल्याक डेलाइट ओपनिङ मोल्डिङसहितको १८ इन्चको अलोय ह्विल पनि देख्न सकिन्छ ।

कम्पनीले यसको इन्टेरियर निकै आकर्षक ढंगले डिजाइन गरेको छ । यसमा हल्का टंगस्टन एक्सेन्ट स्टिचिङ, ब्ल्याक हेडलाइनर र पियानो ब्ल्याक र एनोडाइज्ड गन मेटल इन्टेरियर एक्सेन्ट्सका साथै लेदर सिट समावेश छ । साथै एसयूभीमा डिमिङ रियर भ्यु इन्टेरियर मिरर पनि छ ।

यो पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पमा उपलब्ध छ । यसमा १.४ लिटर मल्टिएयर पेट्रोल इन्जिनले ५५०० आरपीएममा १६१ बीएचपी र २५०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसको २.० लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा १६८ बीएचपी र १७५० आरपीएममा ३५० एनएमको टर्क टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ ।

जिप कम्पासको नयाँ भर्सनको मूल्य २४ लाख ४४ हजार भारु तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...