पोखरामा पहिलो पटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न
पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको...
ताप्लेजुङ जिल्लाको पहाडी भागमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । हिन्दु र किरात दुवैका लागि पाथीभरा तीर्थस्थल मानिन्छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ तीर्थयात्रीहरु आउने गर्छन् । पाथीभरा देवीको दर्शन गरे पश्चात तीर्थालुहरुको मनोकामना पुरा हुने विश्वास गरिन्छ ।
यो मन्दिर समुद्री सतहबाट १८४० मिटरको उचाइमा अवस्थित छ। मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।
पाथीभरा पुग्नका लागि मोटरेबल सडक सुकेटार सम्म छ । बाइक राइडरहरु सुकेटारबाट ९ किलोमिटर पर रहेको तल्लो फेदी सम्म अफरोड यात्रामार्फत पुग्न सक्छन् । पानी र हिउ पर्ने समयमा भने यो बाटो निकै नै कठिन हुन्छ । तल्लो फेदीमा बाइक राखेर ट्रेकिङ शुरु गर्नुपर्छ । केही घण्टाको यात्रा पश्चात पाथीभरा पुग्न सकिन्छ ।
अधिकांश भारतीय यात्रुहरु भने पश्चिम बंगालबाट प्रवेश गरी मेचीनगर बोर्डरमार्फत काकडभिट्टा हुँदै नेपाल प्रवेश गर्छन् । बाइक राइडरहरु काकडभिट्टाबाट चारआली, कन्याम, फिक्कल, फिदिम हुँदै सुकेटार पुग्छन् । यसको दुरी २४६ किलोमिटर छ ।
त्यसैगरी काठमाडौंबाट जानेहरु धुलिखेल, बर्दिबास, कोशी ब्यारेज, इटहरी, चारआली हुँदै सुकेटार पुग्छन् । यसको दुरी करिब ५८७ किलोमिटर हुन्छ । त्यसैगरी पश्चिम नेपालबाट आउने राइडरहरु पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल, भरतपुर, हेटौडा, गढिमाई, बर्दिबास हुँदै सुकेटार पुग्न सक्छन् । जसको दुरी ७१८ किलोमिटर हुन्छ ।

तल्लो फेदीबाट पाथीभरा मन्दिरको बीचमा सामान्य वासस्थान र खानेकुराको सुविधा पाइन्छ । बाटोमा पर्ने देउराली, रमितेडाँडा, छातेढुंगा, भालुगौडा, फेदी आदि रमाइला स्थानको अवलोकन गरेर तीर्थयात्रीहरुले मनोरञ्जन लिन सक्छन् । बीचमा रहेको प्रहरी चौकीले पनि केही समस्या आइपरे सहयोग गर्न सक्छ ।
लामो दुरीको यात्रामा बाइकरहरु समूह बनाएर निस्कने चलन छ । नेपाल पर्यटन वर्ष २०११ को अवसरमा नासा बुलेट क्लबले काठमाडौंबाट ताप्लेजुङको सुकेटारसम्म बाइक यात्रा सम्पन्न गरेको थियो । ‘त्यतिबेला हामी सुकेटार सम्म पुगेर त्यहाँबाट हिडेर पाथीभरा पुगेका थियौ ।’ यात्राका संयोजक प्रकाश लिम्बु भन्छन् । त्यो समयमा तत्कालीन सांसद पासाङ शेर्पा समेत टोलीमा सहभागी थिए । तत्कालीन समयमा मन्त्री वर्षमान पुनले राइड कार्यक्रमको उद्घाटन गरेका थिए ।
पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको...
काठमाडौं – एसियाली मोटरसाइकल फेडेरेसन (FIM ASIA) को आयोजनामा डिसेम्बर १३ देखि १८...
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...