पोखरामा मोटर स्पोर्ट्स ओरिएन्टेसन सम्पन्न, यो वर्ष गरिने कार्यक्रमको घोषणा
पोखरा – गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स...
काठमाडौं - एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो ।
लिलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघिनै सदस्यहरु मनोनित भएका थिए । बिहीबारमात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनित गरिएको हो ।
नेपाल क्लाइमबिङ एसोसिएसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशिल छन् । उनी यसअघि एमालेको नेपाल खेलकुद महासंघको केन्द्रिय महासचिव थिए ।
खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमालेले विभाग सचिवको जिम्मेवारी दिएको हो । नेपालमा मोटर स्पोर्टससँगै साहसिक तथा पर्वतीय खेलमा पौडेलले काम गरेका छन् । उनी पर्वतीय खेलकुद महासंघका पूर्व कोषाध्यक्ष समेत हुन् । उनले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मा समेत उपाध्यक्ष र अन्य विभिन्न पदमा रहेर लामो समय काम गरिसकेका छन् । उनी नेपाली बजारमा रोयल इन्फिल्ड बाइकको प्रबर्द्धक समेत मानिन्छन् ।
एमालेको खेलकुद नीति, नियम निमार्ण गर्ने निकाय खेलकुद विभागले पार्टी र सरकारमा खेलकुदको एजेण्डालाई लबिङ र स्थापित गर्ने काम गर्छ ।
विभाग सचिवमा मनोनित पौडेलले एमालेको खेलकुद नीतिलाई राज्यको आधारभुत खेलकुदको विकाससँग जोडेर काम गरिने बताए ।
पोखरा – गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स...
काठमाडौं – हिमालयन मोटरल्याण्डमा भर्खरै सम्पन्न एपावर टु पावर स्टेयरिङ...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको सिजन २०२५ अन्तर्गत राउन्ड ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...