जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास स्वरुप ल्याइएको कम्पनीले बताएको छ ।
बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न कम्पनीले यस्तो योजना ल्याएको हो । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । यो स्किमले आफ्ना ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारी साधनको मालिक बन्न सहज तुल्याउने विश्वास लिइएको छ ।
“हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकह?का लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,” कम्पनीले भनेको छ, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो स्किम अन्तर्गत ग्राहकले कम्पनीको नाममा खरिद गर्न चाहँदा ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका लागि ५० प्रतिशतसम्म फाइनान्स सेवा पाउनेछन् । फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुने र यसका लागि ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्नेछ । यो योजना नेपालभर लागू हुने कम्पनीको भनाई छ ।
काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...
महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...
नेपाली बजारमा सर्बाधिक माग हुँदै आइरहेको महिन्द्रा स्कर्पियो ३ लाख ४०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...