जीडब्लुएम नेपालद्वारा कम्प्याक्ट पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक

काठमाडौं – जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जीडब्लुएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरिएकोे थियो । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो र अन्य ब्रान्डहरू भन्दा धेरै अगाडि छ । पिकअप लाइन अपमा यो चीनमा बिक्री हुने पिकअपमा धेरै वर्ष शीर्ष स्थानमा रहेको छ ।

नेपालमा अब उपलब्ध विंगल ५ पिकअपमा १४१ एचपी पावर र ३०५ एनएम टर्क जेनेरेट गर्ने नयाँ २.० लिटर टर्बो–डिजेल इन्जिन छ । यो पिकअप स्तरीय अलोय ह्विल, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेन्सियल लक, टायर प्रेसर मोनिटरिङ सिस्टम र अटो–एयर कन्डिसनले सुसज्जित छ । यसमा भएको २.० लिटर इन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्दछ ।

यसमा अगाडिको भागमा स्टाइलिस ग्रिल डिजाइन भएको डीआरएल छ । यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । यसको भागमा हेलोजन बत्तीहरूको साथ सीधा डिजाइन छ र कार्गो बडीमा स्क्र्याच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरू छन् । यसको अलोय लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पु¥याएको छ । छालाको फिनिसको साथ प्रिमियम देखिने भित्री भागका लागि पनि त्यस्तै भन्न सकिन्छ ।

विंगल ५ स्काई सिल्भर, पर्ल ब्ल्याक र टाइटेनियम ह्वाइट गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । नेपाली बजारका लागि यो कम्प्याक्ट पिकअप ट्रकको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

भीजी इमपेक्स प्रालि (जीडब्लुएम नेपाल) ले ग्रेटवाल मोटर्स (जीडब्लुएम) ब्रान्डका सवारी साधनहरु नेपाली बजारका लागि आधिकारिक आयातकर्ता र वितरकको रुपमा कार्य गरिरहेको छ । हाल जीडब्लुएम नेपालले हाल नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ । त्यसैगरी विश्वव्यापी रणनीति पछ्याउँदै नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।

जीडब्लुएम चीनमा आधारित एक विश्व प्रसिद्ध एसयूभी र पिकअप निर्माता हो । जीडब्लुएमसँग हाल ह्यावल, वेई, ओरा र जीडब्लुएम गरी चार ब्रान्डहरु छन् ।

सम्बन्धित समाचारहरू

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ ।...

फक्सवागनले भेन्टोको स्थानमा भर्टस ल्याउने, यस्तो हुनेछ विशेषता

फक्सवागनले भेन्टोको स्थानमा भर्टस ल्याउने, यस्तो हुनेछ विशेषता

जर्मन कार निर्माता कम्पनी फक्सवागनले नयाँ मिड साइज एसयूभी भर्टस बजारमा...

चीप उत्पादन गर्न फक्सावगनले चीनमा २० करोड डलर लागनी गर्ने

चीप उत्पादन गर्न फक्सावगनले चीनमा २० करोड डलर लागनी गर्ने

काठमाडौं–फक्सवागन समुहले चीनमा स्वतन्त्र रूपमा सिस्टम–अन–चिप (एसओसी)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...