चांगन अटो नेपाल भित्रिएको १ वर्ष पुग्यो, पहिलो वर्षमै राम्रो सुरुवात गर्न सफल भएको दाबी

काठमाडौं – चीनको नम्बर वान प्यासेन्जर ब्राण्ड चांगन अटोले नेपालमा सफलतापूर्वक आफ्नो सेवाको पहिलो वर्ष पुरा गरेको छ । नेपालका लागि अधिकृत बिक्रेता एमएडब्लु भेइकल्स प्रालिले एक वर्ष पहिले चांगनको उत्कृष्ट गाडीहरु नेपाली बजारमा भित्र्याएको थियो ।

चांगन अटोले नेपाली बजारमा उत्कृष्ट सेडान एल्सभिनमार्फत आगमन गरेको थियो । यससँगै उत्कृष्ट पिकअप हन्टर पनि सार्वजनिक गरिएको थियो । एल्सभिन पेट्रोल भेरिएन्ट हो भने हन्टर डिजेल भेरिएन्ट हो ।

सुरुवातमा सोल्टी होटलको प्राङ्गणमा एल्सभिनलाई प्रदर्शनमा राखिएको थियो । यसका साथसाथै चांगन अटोले हाउजिङ, अपार्टमेन्ट, सपिङ मल र अस्पतालमा एक्टिभेसन कार्यक्रम आयोजना गरेको थियो ।

कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सितापाइला काठमाडौँबाट सञ्चालन गरेको थियो । यो नेपाली अटोमोबाइल इतिहासमै पहिलो कदम थियो जहाँ सोरुमको स्थापना अगावै सर्भिस सेन्टरको स्थापना भएको थियो । हन्टर सार्वजनिक भएसँगै कम्पनीले आफ्नो अत्याधुनिक सोरुम नक्शालबाट कारोबार सुरु गरेको थियो ।

पहिलो वर्षमै चांगनले राम्रो सुरुवात गर्न सफल भएको बताएको छ । आगमनको पहिलो वर्षमै एल्सभिन बेस्ट सेलिङ मिड साइज सेडानमा चौथौ भएको थियो भने हन्टर बेस्ट सेलिङ पिकअप लक्जरीमा छैठौ भएको कम्पनीको भनाइ छ ।

चांगन अटोले सम्पूर्णलाई नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गर्न आहवान गरेको छ । यसका साथै www. Changannepal.com मार्फत विस्तृत जानकारी लिनुका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिन्छ ।

चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगअन गरी प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ ।...

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...

भारतमै उत्पादित जिपको नयाँ ७ सिटर एसयूभीको नाम ‘मेरिडियन’ हुने, टिजर सार्वजनिक

भारतमै उत्पादित जिपको नयाँ ७ सिटर एसयूभीको नाम ‘मेरिडियन’ हुने, टिजर सार्वजनिक

जिप इन्डियाले भारतमा लन्च गरिने एसयूभी मेरिडियनको टिजर जारी गरेको छ । जिप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...