१६ सय ट्राफिक प्रहरीद्वारा सिठ्ठीको भरमा १७ लाख सवारी साधनको व्यवस्थापन

काठमाडौं – काठमाडौंका १७ लाख सवारी साधनको व्यवस्थापन हातको र सिठ्ठीको भरमा १६ सय ट्राफिक प्रहरीले गर्दै आएका छन् । सरकारको लापरबाही र बेवास्ताका कारण काठमाडौंमा सवारी साधन व्यवस्थापन गर्न निकै चुनैतीपूर्ण बनेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा गरेका कार्यक्रम र उपलब्धीहरुको विवरण पेश गर्दै काठमाडौंमा १७ लाख सवारी साधनको व्यवस्थापन १६ सय ट्राफिक प्रहरीले गर्दै आएको बताएको थियो ।

देशको राजधानी काठमाडौंका सडकमा नै ट्राफिक लाइट छैनन् । सरकार आफैंले लगानी गरेर जोड्ने कुरा त परै जाओस् । जापान सरकारले ठूलो लगानी गरेर जोडिदिएको लाइट पनि काम नलाग्ने भइसकेको छ । ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीलाई हैरानी मात्रै छैन, सवारी चालक र यात्रुले समेत सास्ती खेप्नु परेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक राजेन्द्र प्रसाद भट्टका अनुसार काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको छ । प्रविधिको प्रयोग नगर्दा काठमाडौंमा सवारी व्यवस्थापनको काम दिनदिनै थप चुनौतीपूर्ण बन्दै गएको महाशाखाका प्रवक्ता भट्टको भनाइ छ । विस्तार भएको ८ लेनको रिंगरोडमा पनि ट्राफिक लाइट जोडिएन,’ उनी भन्छन्, ‘यसले गर्दा यात्रु, सवारी चालकलाई मात्रै समस्या छैन, बीच बाटोमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको ज्यान नै जोखिममा छ ।’

‘सार्वजनिक यातायातमा मान्छेहरुको भीडभाड एकदमै बढी हुन्छ । जसकारण यात्रुहरु दिक्क भएका कारण निजी सवारी साधन दिनैदिन बढ्दै गएका छन् ।’ भट्टले भने ।

भट्टले थपे, ‘लामो दुरीका सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइदैँन । काठमाडौं उपत्यकामा छोटो दुरीमा चल्ने यातायात बढी भएकाले सिट क्षमता भन्दा केही संख्या थप्न पाइन्छ । तर चालकहरु बुझदैँनन् हाल्न पाए भन्दैमा मानिसहरु कोचेर लैजान्छन् ।’

‘सवारी चालकामा चेतनाको कमी भएर होला नियम उल्लंघन गरे आफूहरु ठूलो मान्छे भएको महसुस गर्छन् ।’ भट्टले भने ।

सम्बन्धित समाचारहरू

स्पाइडर म्यानको स्टन्टले पुर्‍यायो जेलसम्म, थारको छतमा देखिएको थियो अपराधी

स्पाइडर म्यानको स्टन्टले पुर्‍यायो जेलसम्म, थारको छतमा देखिएको थियो अपराधी

सामाजिक सञ्जालमा भाइरल भएको एक अनौठो भिडियोले अहिले सबैको ध्यान खिचेको छ।...

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

पछिल्लो समयमा उपत्यका र देशका अन्य स्थानहरुमा पनि चोरी गरी अनधिकृत रुपमा...

पोखरा जाने पृथ्वीराजमार्गको याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

पोखरा जाने पृथ्वीराजमार्गको याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...