‘क्यास अन ह्विल’ र ‘रोयल डिटेलिंग एण्ड पोलिसिंग’को सेवा औपचारिक रुपमा प्रारम्भ

१ वर्षअघि अनलाइन प्लेटफर्ममार्फत रिकन्डिसन गाडीको खरिद विक्री तथा सट्टापट्टा सम्वन्धि सेवा सुचारु गरेको क्यास अन ह्विलले आजदेखी औपचारिक सेवा प्रारम्भ गरेको छ । गाडीको खरिद विक्रीसंगै डिटेलिंग एण्ड पोलिसिंग सेवा समेत एकै स्थानबाट प्रारम्भ गरेको कम्पनीका कार्यकारी निर्देशक मोहन भण्डारीले बताए ।

ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड भन्ने नारा सहित सेवा सुचारु गरेको यो कम्पनीले उचित मूल्यमा गाडीको खरिद बिक्री गर्ने भण्डारीको भनाई छ । उनले भने, ‘ग्राहकहरु आफुले गाडी विक्री गर्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तमा हुने गरेको हामीले पाएका छौ । हामीकहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ ।

ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टि हामीले गरेका छौ । हामी ३० लाख भन्दा कम मूल्यको गाडीमा २५ हजार र सो भन्दा वढी रकम पर्ने गाडीमा ५० हजार रुपैयाँमात्र सर्भिस सुल्क लिन्छौ । यसको साथै ग्राहकले पाएको मूल्य तिरेको कमिसन, सरकारी राजश्व र मर्मत लगायत सवै खर्चहरु पारदर्शी हुन्छन् । यसले गर्दा ग्राहकले ठगिएको शंका गर्नु पर्दैन ।’

१ वर्षअघि शुरु भएको यो सेवा हालसम्म २ सय भन्दा बढी ग्राहकले लिइसकेको र इच्छुक ग्राहक उच्च रुपमा बढ्दै गएपछि आफुहरुले पोखरा र इटहरीबाट समेत सेवा प्रदान गर्न थालिसकेको भण्डारीले बताए । छिट्टै वुटवलमासमेत शाखा विस्तार गरिने उनको भनाई छ ।

यदि कसैले क्यास अन ह्विलबाट गाडी खरिद तथा बिक्री गर्ने व्यवस्था मिलाइदिएको खण्डमा त्यस्तो व्यक्तिलाई समेत २० हजार रुपैयाँसम्मको कुपन प्रदान गरिनेछ । साथै ३० लाखभन्दा बढी रकमको गाडी खरिदविक्री गर्दा ग्राहकले अर्गानो रेष्टुरेन्ट र भाटभाटेनी सुपरमार्केटको १०/१० हजार रुपैयाँ र सो भन्दा कम रकमको खरिद विक्रीमा ५/५ हजार रुपैयाँको भौचर प्रदान गरिने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...