ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने
ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको...
अमेरिकाको क्यालिफोर्नियामा चार्ज गरिरहेको समयमा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी भएको छ । ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगो लागेको यो चौथो घटना हो । यो कार पहिलो पटक सन् २०१८ मा बजारमा आएको थियो । नेपालमा भने यो ब्रान्डका कार उपलब्ध छैनन् ।
ज्यागुअर आई–पेसमा एलजीको ब्याट्री प्रयोग गरिएको छ । यसको कारण नै आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
करिब २० किलोमिटर०को यात्रा पछि चार्जमा राखिएको थियो। कार मालिक गोन्जालो सालाजारले २० किलोमिटर यात्रा अघि पनि कार रातभर चार्ज गरेका थिए।
यात्राबाट फर्केपछि पनि उनले ग्यारेजमा कार चार्जमा राखेका थिए।
ग्यारेजमा कार पार्क गरेलगत्तै सालाजारले कारबाट चर्को आवाज सुने। त्यसपछि उनी दौडेर ग्यारेजमा पुग्दा कारबाट बाक्लो धुवाँसहित आगोका लप्का निस्किरहेको थियो। कार धनीले आगोको प्रभावलाई कम गर्न कारलाई ग्यारेज बाहिर निकाल्न सफल भए। आगलागीबाट घरमा ठूलो क्षति नपुगे पनि कार भने जलेर ध्वस्त भएको छ।
यो घटना गत जुन महिनाको भएको समेत बताइएको छ । गोन्जालो सालाजारले २०१९ मोडलको सो कार २०२२ मा लिएका थिए ।
ज्यागुअरले सो कारको वारेमा आवश्यक जानकारी लिएर मात्र थप जानकारी सार्वजनिक गर्ने बताएको छ । इन्स्योरेन्स कम्पनीले भने कार जलेर पूर्ण रुपमा नष्ट भएको बताएको छ ।
पछिल्लो समयमा इलेक्ट्रिक स्कुटर जलेका घटना धेरै बाहिर आए पनि इलेक्ट्रिक कारमा समेत समस्या देखिन थालेका छन् ।
ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको...
बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम...
एनवाईअफ विराटनगर, सुनसरी एवं झापा च्याप्टरले आयोजना गरेको मोटर र्यालीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...