बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैं सम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आगामी दशैं सम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ (Wuling) ब्रान्डको ईभी भित्र्याउने घोषणा गरेको छ ।

बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए । शुरुवातमा एउटा सानो पसलबाट शुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसाय सम्म फैलिएको उनले बताए । उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिड पश्चात इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको बताए । उनले नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरुका लागि निकै नै प्रभावकारी भएको बताए ।

पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको बताए । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ । वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ ।

नेपाली बजारमा वुलिङ ईभीको कमसेकम ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए ।

आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ ।

वुलिङ ईभीको वेबसाइट अनुसार कम्पनीले वुलिङ एयर ईभी बजारमा उपलब्ध गराइरहेको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यही ईभी नेपाली बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

भित्रिदै चाङ्गन ब्रान्ड, डिजिटल प्लेटफर्म सार्वजनिक, पहिलो १० विजेतालाई पुरस्कृत गरिने

काठमाडौं – विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै...

नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...