टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री उच्च, नेपालमा पनि आउने

टीभीएसले इलेक्ट्रिक २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनमा ठूलो लगानी गरिरहेको छ । गत वर्ष कम्पनीले १ हजार करोड भारु लगानी गरेको थियो भने यो वर्ष पनि कम्पनीले १ हजार करोड भारु लगानी गर्ने घोषणा गरेको छ । सो बजेट नयाँ ईभी उत्पादन र क्षमता विकासमा प्रयोग गरिनेछ ।

ईभी सेगमेन्टमा कुनै प्रतिद्वन्दी नभएकाले कम्पनीले ईभी सेगमेन्टमा ठूलो अवसर देखेको छ । टीभीएस कम्पनी टप ईभी कम्पनी मध्ये एक बन्ने सम्भावना छ । ईभी सेगमेन्टमा दर्जनौं कम्पनी प्रवेश गरिसकेको छ । भारतमा टीभीएस हाल टप १० सूचीमा छ, तर ओकिनावा, हिरो इलेक्ट्रिक, ओला इलेक्ट्रिक, एम्पियर र एथर भन्दा पछि छ ।

टीभीएसले हालै अपडेट आईक्युब लन्च गरिसकेको छ, जसको बुकिङ अधिक मात्रामा भएको थियो । टीभीएस मोटरका एमडी सुदर्शन वेणुले यस वर्षको अन्त्यमा अर्को नयाँ ईभी लन्च गर्ने बताएका छन् । जुन २०२२ मा कम्पनीले ४ हजार ६ साय ६७ युनिट आईक्युब बिक्री गरेको थियो । पछिल्लो १२ महिनामा आईक्युबको औसत बिक्री बढेर १ हजार ५ सय ४६ युनिट पुगेको छ ।

टीभीएसले आफ्नो आईसीई पोर्टफोलियोलाई नयाँ सेगमेन्टमा प्रवेश गर्नको लागि पनि काम गरिरहेको छ । कम्पनीले आईसीई र इलेक्ट्रिक मोबिलिटी दुवै सेगमेन्टमा सफलता हासिल गर्नसफल हुने अपेक्षा गरेको छ ।

नेपाली बजारमा पनि टीभीएसको इलेक्ट्रिक स्कुटर आउने अपेक्षा गरिएको छ । नेपालका लागि आधिकरिक वितरक जगदम्बा मोटर्सले भविष्यमा सो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गर्न सकिने बताएको छ ।

सम्बन्धित समाचारहरू

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर ट्याग गर्दा स्कुटर पाइने

काठमाडौं – कुनै पनि ग्राहकले अब लेभ्निङ इलेक्ट्रिक स्कुटरको भिडियो बनाएर...

चाइनिज कम्पनीले ल्यायो नानो ईभी, फुल चार्जमा ३०० किमी दिने सबैभन्दा सस्तो इलेक्ट्रिक कार

चाइनिज कम्पनीले ल्यायो नानो ईभी, फुल चार्जमा ३०० किमी दिने सबैभन्दा सस्तो इलेक्ट्रिक कार

चिनियाँ कार निर्माता कम्पनी वुलिङ होङगुआङको मिनी इलेक्ट्रिक कारको सफलता...

ईभी चार्जिङका लागि मुस्ताङको चराङमा ओमाेडा एण्ड जेकाेकाे चार्जिङ स्टेसन

ईभी चार्जिङका लागि मुस्ताङको चराङमा ओमाेडा एण्ड जेकाेकाे चार्जिङ स्टेसन

मुस्ताङ । जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...