सिट्रोन सी३ अव इलेक्ट्रिकमा पनि आउने, अर्को वर्षको अप्रिल महिनादेखी विक्री शुरु हुने संभावना

फ्रेन्च अटो निर्मात सिट्रोनले सी३ लाई इलेक्ट्रिक भर्सनमा ल्याउने तयारी थालेको छ । भारतीय बजरमा केही हप्ता अघिमात्र लन्च गरिएको यसको इलेक्ट्रिक भर्सन अर्को वर्षको अप्रिल महिनादेखी भारतमा बिक्री शुरु हुने आँकलन गरिएको छ । यो कारलाई यसै वर्षको डिसेम्वरमा फ्रान्समा लन्च गर्ने सिट्रोनले योजना वनाएको छ ।

मोडुलर सिएमपी प्लेटफर्ममा निर्माण गर्न लागिएको यो कारको मूल्य कम गर्न स्थानिय सामाग्रीको प्रयोगलाई बढवा दिइनेछ । यो कार १३ लाख भारुको आसपासमा लन्च हुनसक्ने जनाइएको छ । ५० किलोवाट आवर आसपासको व्याट्री प्याक जडान हुने अनुमान लगाइएको यो कारले एकपटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने अनुमान छ ।

हाल कारोबार भैरहेको रेगुलर मोडलको तुलनामा यो केही हदसम्म प्रियिम समेत देखिनेछ । जसका लागी वायरलेस चार्जर, क्रुज कन्ट्र र अटो एसी जस्ता फिचर्स यो इलेक्ट्रिक भर्सनमा थप हुनेछन् । यो कार लन्च भएपछि यसले भारतमा टाटा टिगोर इभी र एमजीले ल्याउने तयारी थालेको सानो इभीसंग प्रतिस्पर्धा गर्नेछ ।

भारतमा लन्च भएपश्चात यो नयाँ इलेक्ट्रिक कार नेपाल समेत भित्रिनेछ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले अहिले सि५ एयरक्रस एसयूभी आयत गरी कारोबार गरिरहेको छ भने सि३ लाई समेत भित्राउने तयारी थालिसकेको छ । आयतमाथिको प्रतिवन्ध हटेपछि सी३ नेपाल आउने कम्पनी स्रोतको भनाई छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

काठमाडौं – नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...

मूल्य कम गरेर प्रतिस्पर्धीलाई दवाव दिँदै टेस्ला, अमेरिकामा २० प्रतिशतसम्मले घट्यो मूल्य

मूल्य कम गरेर प्रतिस्पर्धीलाई दवाव दिँदै टेस्ला, अमेरिकामा २० प्रतिशतसम्मले घट्यो मूल्य

अमेरिकी इभी निर्माता टेस्लाले पछिल्लो समय कारको मूल्य घटाउन थालेको छ ।...

नेपाली बजारमा सार्वजनिक भयो बीवाईडीको बहुप्रतीक्षित कार एट्टो३

नेपाली बजारमा सार्वजनिक भयो बीवाईडीको बहुप्रतीक्षित कार एट्टो३

काठमाडौं – नेपाली बजारमा बीवाईडीको बहुप्रतीक्षित इलेक्ट्रिक कार एट्टो३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...