जेके टायरले इलेक्ट्रिक सवारीका लागि निर्माण ग-यो टायर

जेके टायरले बस, ट्रक, एलसीभी र प्यासेन्जर कारका लागि इलेक्ट्रिक स्मार्ट रेडियल टायर निर्माण गरेको छ । उक्त टायर रघुपति सिंघानिया सेन्टर अफ एक्सिलेन्समा इन–हाउस इन्जिनियरले डिजाइन र विकास गरेका हुन् ।

यी टायर इलेक्ट्रिक मोबिलिटीको अद्वितीय आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो र अल्ट्रा–लो रोलिङ प्रतिरोध, सुधारिएको वेट एण्ड ड्राई ट्रयाक्शन, उच्च स्थायित्व र कम ऊर्जा खपत गर्छ ।

सो स्मार्ट टायर ई–ट्रक, ई–बस, ई–एलसीभी, ई–पीभी, ई–एसयूभी र ई–२ पाङ्ग्रे सवारी साधनको मागलाई पूरा गर्न डिजाइन गरिएको हो । कम्पनीले सबै वर्गका बस, ट्रक र एलसीभीका लागि १७.५ इन्च र २२.५ इन्चको ट्युबलेस साइजमा ईभी टायरको विकसित गरेको छ ।

हाल जेबीएस ई–बसलाई ईभी दायराका टायरहरू (२५५÷७०आर२२.५ र २९५÷८०आर२२.५) आपूर्ति भइरहेको छ । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा सो टायर प्रदर्शनमा राखिएको थियो जहाँ जेके टायर एण्ड इन्डस्ट्रिजका प्राविधिक निर्देशक भिके मिश्रले यसबारे जानकारी दिएका थिए ।

यस वर्षको मार्च महिनामा जेके टायर एण्ड इन्डस्ट्रिज लिमिटेडले ४ पाङ्ग्रे सवारीका लागि भारतको पहिलो पञ्चर गार्ड टायर लन्च गरेको छ । जेके टायरले बजारमा उपलब्ध नयाँ जेनेरेसन कारका लागि पञ्चर गार्ड टायर प्रयोग गरी उद्योगमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक...

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...