१२ वर्षमा निशानले भारतबाट निर्यात गर्यो १० लाख कार, रेकर्ड यूनिट वन्यो म्याग्नाइट

जापजिन अटो निर्माता निशानले १२ वर्षमा भारतबाट १० लाख युनिट कार निर्यात गरेको छ । उसले हाँसिल गरेको यो माइलस्टोनमा म्याग्नाइट एसयूभी रेकर्ड यूनिट बनेको छ । सन् २०१० मा माइक्रा ह्याचव्याकदेखी शुरु भएको निर्यात यात्रा हाल विश्वका १०८ राष्ट्रमा पुगिसकेको कम्पनीले जनाएको छ ।

निर्यात शुरु भएको ३ वर्ष अवधीमा ३ लाख युनिट कार विश्व बजारमा पठाएको निशानले ७ औं वर्षमा ७ लाख यूनिट निर्यात गरेको थियो । सो समय सन्नी, ड्याट्सन गो, ड्याट्सन गो प्लस र रेडी गो जस्ता मोडल निर्यात गर्दै आइरहेको यो ब्रान्डको सर्बाधिक निर्यात हुने मोडलमा माइक्रा ह्याचव्याक गनिएको थियो ।

पछि माइक्राको उत्पादन यूरोपमा स्थान्तरण गरिएपछि सन् २०१८ मा निर्यात घटेको थियो । सन् २०२० मा विएस६ स्ट्यान्डर्डलाई अनिबार्य गरिएपछि सन्नी र टेरानो एसयूभीको समेत उत्पादन बन्द भयो । सोही साल म्याग्नाइट एसयूभीलाई बजारमा उतारेपछि यो ब्रान्डको निर्यातले झनै गति लिन थालेको छ ।

म्याग्नाइटलाई उसले सन् २०२१ मा पहिलोपटक नेपाल, इन्डोनेशिया र दक्षिण अफ्रिकामा निर्यात गरेको थियो । हाल यो एसयूभी विश्वका १५ राष्ट्रमा निर्यात भैरहेकोे छ । ४ महिनाघि म्याग्नाइटले ५० हजार यूनिट उत्पादनको माइलस्टोन पार गरेको कम्पनीले बताएको थियो ।

कोभिड महामारीले विश्वलाई नै आक्रन्त बनाइरहेको समयमा नेपाल भित्रिएको म्याग्नाइट यहाँको बजारमा सर्बाधिक लोकप्रिय इन्ट्रि लेभल एसयूभीका रुपमा परिचित छ । म्याग्नाइट सहित नेपालमा निशानको किक्स, एक्सट्रेल, नभरा र ड्याट्सन रेडी गो लगायत कार उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइटमा नयाँ अफर : १ वर्षको निःशुल्क इन्धन र अन्य धेरै सुविधा

निसान म्याग्नाइटमा नयाँ अफर : १ वर्षको निःशुल्क इन्धन र अन्य धेरै सुविधा

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...

निसान म्याग्नाइटको मूल्य नेपालमा पनि बढ्ने सम्भावना

निसान म्याग्नाइटको मूल्य नेपालमा पनि बढ्ने सम्भावना

नेपाली बजारमा पछिल्लो समयमा लोकप्रिय मोडलको रुपमा चर्चामा रहेको निसान...

निसानको ठूलो पुनरागमन, २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

निसानको ठूलो पुनरागमन, २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

निसानले २०२६ देखि आक्रामक प्रोडक्ट प्लान रणनीति अपनाउँदै भारतमा लगातार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...