तीन इलेक्ट्रिक एसयूभीसहित बेलायत प्रवेश गर्ने तयारीमा महिन्द्रा
काठमाडौं–भारतीय अटोमोबाइल कम्पनी महिन्द्रा एन्ड महिन्द्राले तीनवटा...
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ खुल्ला गरेको छ । यो नयाँ एसयूभी वुकिङ खुल्ला गरिएको आधा घण्टा भित्रै १ लाख भन्दा बढी युनिट वुक भएको जनाइएको छ । कम्पनीले भारतीय बजारका लागि खुल्ला गरेको बुकिङमा ३० सेकेन्डमै पहिलो २५ हजार स्कर्पियो एन बुक भएको थियो भने अर्को ५ मिनेटको समयमा थप ४० हजार युनिट बुकिङ भएको हो ।
महिन्द्राले भारतको आन्तरिक बजारका लागि हिँजो शनिबार बिहान ११ बजेबाट बुकिङ खुलाएको थियो । समग्रमा महिन्द्राले ३० मिनेटको समयमा १ लाख भन्दा बढी स्कर्पियो एनको बुकिङ लिन सफल भएको छ । कम्पनीले यो गाडीको वुकिङ अनलाइन र आधिकारिक डिलरबाट लिन सक्ने व्यवस्था मिलाएको थियो ।
भारतसहित नेपाल र दक्षिण अफ्रिकामा एकै दिन लन्च गरिएको यो एसयूभीको नेपालमा भने हालसम्म मुल्य समेत निर्धारण हुन सकिरहेको छैन । हाल कारोबार भैरहेको स्कर्पियो भारतपछि सवैभन्दा बढी नेपालमा खपत हुँदै आइरहेको छ । नयाँ लुक्स र डिजाइनका साथ आएको स्कर्पियो एनलाई हात पार्न नेपाली अटो पारखी प्रतिक्षारत देखिएपनि नेपालमा यसको कहिलेदेखी वुकिङ खुल्छ भन्ने विषयमा आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालि नै अनविज्ञ रहेको देखिन्छ ।
महिन्द्राले पछिल्लो समय सार्वजनिक गरेको नयाँ थार र एक्सयूभी ७०० समेत नेपाल आउन सकिरहेका छैनन् । यी गाडीको माग भारतमै उच्च रहेको भन्दै नेपाल पठाउन नमानेको कम्पनीले नयाँ स्कर्पियो पठाउने निश्चित भएपछि मात्र यहाँ मूल्य निर्धारण हुने र वुकिङ खुल्ने अनुमान लगाइएकोे छ । त्यसमाथी भदौ १५ सम्म आयत प्रतिवन्ध गरिएका कारण पनि नेपालमा यसको मूल्य निर्धारण र वुकिङ खोल्ने विषयमा कम्पनी मौन वसेको हुनसक्ने आँकलन गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...