२०२६ मा पाँच लाख ५० हजार गाडी बिक्री गर्ने साओमीको योजना
चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र...
हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो ह्याचब्याक कम्पनीको अहिलेसम्मकै सबैभन्दा किफायती इलेक्ट्रिक कार हुनेछ । सो इलेक्ट्रिक ह्याचब्याक आई१० हुन सक्ने अनुमान गरिएको छ ।
भारतमा हुन्डाईले चाँडै नै नयाँ इलेक्ट्रिक कार आयोनिक ५ समेत लन्च गर्ने अनुमान गरिएको छ । सो एसयूभी स्थानीय स्तरमा एसेम्बल गर्ने भएकाले यसको मूल्य तुलनात्मक रुपमा कम हुने अपेक्षा गरिएको छ । भारतमा लन्च हुने इलेक्ट्रिक आयोनिक ५ को मूल्य १० लाख देखि १२ लाख भारुसम्मको हुने अनुमान छ ।
हाल बजारमा टाटा मोटर्सको सानो ईभीको दवदावा छ । बजारमा एमजी मोटरको जेडएस ईभी र हुन्डाईको कोना ईभी उपलब्ध छ । एमजीले पनि २०२३ सम्ममा कम लागतको इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ ।
रिपोर्टका अनुसार हुन्डाईले आफ्ना ईभी कम लागतमा लन्च गर्नका लागि अनुसन्धान गरिरहेको छ । यूरोपका लागि हुन्डाई मोटरका मार्केटिङ प्रमुख एन्ड्रियास क्रिस्टोफ होफम्यानले युरोपेली बजारमा यस्ता ईभी लगभग २० हजार यूरोमा लन्च गर्ने योजना बनाइरहेको बताएका छन् ।
होफम्यानले साना इलेक्ट्रिक कार कम लागतमा निर्माण गर्नु चुनौती रहेको बताए । अन्य एसयूभीको तुलनामा सानो इलेक्ट्रिक कारमा मार्जिन पनि कम हुने जानकारी दिएका छन् ।
चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र...
बजारमा इलेक्ट्रिक टु ह्विलरको बहार भइरहेको समयमा हालै भारतीय बजारका लागि...
काठमाडौं – नेपालमा हाल क्रसफायर र इटालिका मोटोका मोटरसाइकल बिक्री वितरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...