अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन फ्युल सेलबाट चल्ने २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधन लन्च गर्ने घोषणा गरेको छ ।

ट्राइटनले यस वर्ष मार्चमा गुजरातको भुजमा ६०० एकड जमिनमा आफ्नो पहिलो प्लान्टको निर्माण सुरु गरेको थियो । यो प्लान्टमा कम्पनीले इलेक्ट्रिक र हाइड्रोजन फ्युल सेल गाडी उत्पादन गर्नेछ । कम्पनीले गुजरातको अहमदाबादमा अनुसन्धान र विकास केन्द्र पनि स्थापना गरेको छ ।

कम्पनीले सो सवारी साधन भारतमा बिक्री गर्नुका साथै अमेरिका, युरोप र दक्षिण–पूर्वी एसियामा निर्यात गर्नेछ । हाल ट्राइटनले इलेक्ट्रिक कार, ट्रक र विशेष प्रयोजनका सवारीसाधन उत्पादन गरिरहेको छ ।

ट्राइटनले गत वर्ष भारतमा आफ्नो ८ सिटर एसयूभी ट्राइटन मोडल एच सार्वजनिक गरेको थियो । भारतीय बजारमा यो कम्पनीको पहिलो कार हुनेछ । कम्पनीले सो एसयूभीलाई निकै मस्कुलर डिजाइन दिइएको छ । यसको लम्बाई ५६९० एमएम, उचाइ २०५७ एमएम, चौडाइ १८८० एमएम र ह्विलबेस ३३०२ एमएम छ ।

सो एसयूभीमा ८ जनासम्म बस्न सकिन्छ । यसमा ५६६३ लिटरसम्म लगेज स्पेस दिइएको कम्पनीको दाबी छ । सो एसयूभीले करिब ७ टनको भार बोक्न सक्छ ।

ट्राइटन मोडल एच एसयूभीमा २०० केडब्ल्युएच क्षमताको ब्याट्री प्याक छ । सो ब्याट्री २ घण्टामा पूर्ण चार्ज हुने कम्पनीको दाबी छ । फुल चार्जमा, यो एसयूभीले १२०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन सक्षम छ ।

सम्बन्धित समाचारहरू

साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने

साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने

साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

ग्राहकको विश्वास जितेर सडकमा आफ्नो उपस्थिती मजवुत वनाउँदै ब्रम्बी ईभी

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय नयाँनयाँ ब्रान्डका ईभी भित्रिरहेका...

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...