भविष्यको ब्याट्री प्रविधि बन्दै छ सोलिड स्टेट : हालको ईभी ब्याट्री उत्सर्जनलाई करिव ४० प्रतिशत घटाउने

इलेक्ट्रिक सवारी साधनको वारेमा कसैले आलोचना गर्नु प¥यो भने सबैभन्दा पहिले उनीहरुले यसमा प्रयोग गरिने लिथियम आयोन ब्याट्री उत्पादनको समयमा निस्कने कार्बन डाइअक्साइडलाई औल्याउछन् । ब्याट्री उत्पादन प्रक्रियामा लिथियम निकाल्दा यस प्रकारको प्रदूषण फैलिने भएकाले हामीले सोचेजति वातावरणका लागि ईभी ठिक छैन भनिन्छ ।

यसको विकल्प खोजी भइरहेको समयमा हालै ‘मिनभिरो’ नामक कम्पनीले गरेको अनुसन्धानमा यस प्रकारको कार्बन उत्सर्जन प्रक्रियालाई हटाउनका लागि सोलिड स्टेट ब्याट्री प्रयोग गर्न सकिने बताइएको छ । यसले हालको तुलनामा ५ भागको २ भाग नै प्रदूषण हटाउने बताइएको छ ।

हालको लिथियम आयोन ब्याट्रीको तुलनामा एनएमसी–८११ सोलिड स्टेट ब्याट्रीलाई तुलना गरिएको थियो, जुन विकसित भइरहेको सबैभन्दा उपयुक्त ब्याट्री केमिस्ट्री हो । दुवैले इलेक्ट्रिकल इनर्जी निकाल्नका लागि लिथियमको प्रयोग गर्छन् र आयोन ट्रान्सफर गर्नका लागि पोजिटिभ र नेगेटिभ टर्मिनलको रुपमा एनोड र क्याथोड प्रयोग गर्छन् ।

इलेक्ट्रोलाइटको सन्दर्भमा भने उनीहरुको प्रयोग फरक हुन्छ । लिथियम आयोन ब्याट्रीले लिक्विड र सोलिड स्टेट ब्याट्रीले सोलिड इलेक्ट्रोलाइटको प्रयोग गर्छन् ।

सोलिड इलेक्ट्रोलाइटले फरक प्रकारको रासायनिक प्रतिक्रिया जनाउछ र यसबाट कम मूल्य, सुधारिएको सेफ्टी, फास्टर चार्जिङ टाइम, लङ रेन्ज र हाइयर इनर्जी डेन्सिटी जस्ता फाइदा दिन्छ ।

अनुसन्धानका अनुसार हाइयर इनर्जी डेन्सिटीका कारण सोलिड स्टेट ब्याट्रीको कार्बन फुटप्रिन्ट २४ प्रतिशतले घट्छ । कम मेटरियल भए पनि यसले धेरै इनर्जी स्टोर गर्न सक्ने भएकाले यसो भएको हो । यदि अझै दिगो साधनबाट निर्मित सामग्री प्रयोग गरियो भने यसलाई ३९ प्रतिशत सम्म घटाउन सकिने अनुमान गरिएको छ ।

यो तथ्य युरोपेली युनियनले प्रस्ताव गरेको ब्याट्री नियमनसँग मिल्दो देखिएको छ, जसले सामाजिक वातावरणीय दृष्टिकोणले लिथियमको भरपर्दो तरिकाले व्यवस्थापन गर्ने स्रोतको खोजी गरिरहेको छ ।

कार कम्पनी र ब्याट्री निर्माता कम्पनीहरु पनि सोलिड स्टेट टेक्नोलोजीतिर आकर्षित भइरहेका छन् । यसका आधारमा यो दशकको सेकेन्ड हाफमै यस प्रकारका ईभी बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा यी चार नयाँ ब्राण्डका प्रिमियम ईभी आउँदै

नाडा अटो शो २०२४ मा यी चार नयाँ ब्राण्डका प्रिमियम ईभी आउँदै

काठमाडौं– नाडा अटो शो–२०२४ मा नयाँ ब्राण्डको मिनी विद्युतिय कारदेखी...

मुस्ताङ यात्रा अफर सहित सार्वजनिक भयो एरोमा डर्ट बाइक र यसको मूल्य

मुस्ताङ यात्रा अफर सहित सार्वजनिक भयो एरोमा डर्ट बाइक र यसको मूल्य

काठमाडौं – नेपाली बजारमा पहिलो पटक एरोमा ब्रान्डको डर्ट बाइक भित्रिएको छ ।...

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...