नेपाली बजारमा फोटोन टुनल्यान्डको नयाँ भेरिएन्ट आउंदै
काठमाडौं – पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको...
स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले स्कोडा कुशाकको फिचर अपडेट गर्ने निर्णय गरेको छ ।
नयाँ स्कोडा कुशाक कारको बाहिरी लुकदेखि लिएर क्याबिनका फिचर र पावरट्रेनलाई पनि अपडेट गरिएको छ । कुशाकमा नयाँ हेडलाइनरको रूपमा टायर प्रेसर मनिटरिङ सिस्टम स्ट्यान्डर्ड रूपमा अपडेट गरिएको छ ।
कुशाकको पुरानो मोडलमा दिइएको १७ इन्चको ड्युअल टोन अलोय ह्विल र मिड भेरिएन्टमा १६ इन्चको अलोय ह्विल यथावत राखिएको छ । सो एसयूभीमा शार्प लाइन, ठूला ¥याप अराउन्ड एलईडी टेल लाइट, २६५१ एमएमको ह्विलबेस र रुफ माउन्ट गरिएको स्पोइलर पनि समावेश गरिएको छ ।
स्कोडा कुशाकमा अब ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । साथै १.० लिटर टीएसआई इन्जिन अब स्टार्ट–स्टप रिकभरी सिस्टमसँग जोडिएको छ, जसले फ्युलको क्षमतालाई ७ देखि ९ प्रतिशतले सुधार गर्छ ।
सो एसयूभीको फिचरमा ४ डायल मिडियम एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर पनि थपिएको छ । साथै स्पोर्टी सिट, कन्ट्रास्ट स्टिचिङ र क्याबिनमा स्पोर्टी लुक अझै पनि देख्न सकिन्छ ।
स्कोडा कुशाकमा २ वटा पेट्रोल इन्जिनमा उपलब्ध छ । पहिलो १.० लिटर टीएसआई ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर विकल्पमा उपलब्ध छ र दोस्रो १.५.लिटर टीएसआई ईभीओ इन्जिनमा ६ स्पिड म्यानुअल र ७ स्पिड डिएसजी विकल्प उपलब्ध छ ।
कुशाकको १.० लिटर टीएसआई पेट्रोल इन्जिनले ११३ बीएचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ भने १.५ लिटर टीएसआई पेट्रोल इन्जिनले १४८ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ स्कोडा कुशाकको फिचर अपडेट भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन । स्कोडा कुशाक भारतमा ११ लाख २९ हजार भारु एक्स शोरुममा उपलब्ध छ ।
नेपाली बजारमा पनि स्कोडाको धेरै बिक्री हुने मोडलको रुपमा स्कोडा कुशाक उपलब्ध छ ।
काठमाडौं – पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको...
जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ...
स्कोडा अटो र फक्सवागन इन्डियाले भारतमा ठूलो लगानी थप्ने भएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...