डलर महंगो हुँदा तेस्रो मुलुकबाट आउने यी गाडीको मूल्यमा तत्कालै असर पर्ने

डलरको तुलनामा स्थानीय मुद्रा कमजोर हुँदै गएपछि तेस्रो मुलुबाट आयत हुने सवारीसाधनको मूल्यमा तत्कालै असर पर्ने देखिएको छ । जसको सुरुवात हुन्डाई कोनामार्फत भैसकेको छ भने अन्य गाडीको समेत मूल्य बढ्दै जाने देखिएको हो ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही दिन अघिमात्र डलर महंगो भएको भन्दै कोनामा २ लाख ६० हजार रुपैयाँसम्म मूल्य बढाएको थियो । यसले पनि अवका दिनमा यसको प्रभाव विस्तारै अन्य गाडीमा समेत पर्ने देखिएको हो । अघिल्लो आर्थिक वर्षको यही समयमा १ डलर वरावर नेपाली रुपैयाँ ११७ कायम भएकोमा अहिले यो वढेर १२८ रुपैयाँ माथि पुगिसकेको छ ।

यसरी डलर महंगिदै जाँदा तत्कालै तेस्रो मुलुकबाट आयात हुने टोयोटा एवं मित्सुविसी व्रान्डका एसयूभी, ल्यान्डरोभर, टेस्ला, मर्सिडिज वेन्ज, प्युजो, विवाइडी, नेटा भी, एमजी जेडएस ईभी, जिप, हुन्डाईका केही एसयूभी लगायत ब्रान्डको मूल्य बढ्ने देखिएको हो । भारतबाट आयात हुने व्रान्डमा भने यसले तत्कालै असर पार्ने छैन ।

यसरी डलर महंगो हुँदै जाँदा चीनबाट आयात हुने मोटरसाइकल तथा इलेक्ट्रिक स्कुटरको समेत मूल्य वढ्ने देखिन्छ । साथै तेस्रो मुलुकबाट आयात हुने स्पेयर पार्ट्स र एसेसोरिजको समेत मूल्य वढ्दै जानेछ ।

सम्बन्धित समाचारहरू

ईभीको कर अब मूल्यका आधारमा निर्धारण हुने

ईभीको कर अब मूल्यका आधारमा निर्धारण हुने

काठमाडौं – विद्युतीय सवारीको भन्सार शुल्क अब उक्त सवारीको मूल्यका...

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...