३५ हजार रुपैयाँसम्म बढ्यो ओकिनावा स्कुरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नयाँ स्कुटर ओखी ९० को समेत मूल्य सामेल गरिएको छ । यो स्कुटर हालसालै नेपाल भित्रिएको हो । आधिकारिक वितरक एचएसी इन्टरनेश्नलले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार यसको एउटै स्कुटरमा ३५ हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरिएको छ ।

सवैभन्दा बढी आई प्रेज प्लस र प्रेज प्रोमा ३५ हजार रुपैयाँले बृद्धि गरिएको छ । यी स्कुटरलाई यसअघी क्रमश ३ लाख ४० हजार र २ लाख ६० हजारमा बिक्री गरिँदै आएकोमा नयाँ मूल्य ३ लाख ७५ हजार र २ लाख ९५ हाजार रुपैँया पुर्याइएको छ । यसैगरी अर्को मोडल रिज प्लसमा २० हजार र आर ३० तथा लाइटमा मा १५ हजार रुपैयाँका दरले बृद्धि गरिएको छ ।

कम्पनीले यसअघि रिज प्लसलाई २ लाख ३० हजारमा बिक्री गर्दै आएकोमा नयाँ मूल्य २ लाख ५० हजार पुर्याइएको छ भने १ लाख ७० हजारमा विक्री हुँदै आएको आर३० को १ लाख ८५ हजार र १ लाख ८० पर्ने लाइटको १ लाख ९५ हजार निर्धारण गरिएको छ ।

केहीसमय अघिमात्र नेपाल भित्रिएको ओखी ९० को मूल्य ४ लाख निर्धारण गरिएको छ भने अर्को नयाँ मोडल डुअलको २ लाख २५ हजार तोकिएको छ । ओकिनावा नेपाली बजारमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक टु ह्विलर ब्रान्ड मध्येमा पर्छ ।

सम्बन्धित समाचारहरू

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई...

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने

अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...