हुन्डाई गाडी टेष्ट ड्राइभ गर्दा कतारमा वल्र्ड कप हेर्न पाउने अवसर

विश्वकप फुटबल–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्यााएको छ । यस अफरअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।

आजदेखी सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन् ।

यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एक जना अर्को व्यक्तिसँग कतार गइ विश्वकप लाइभ हेर्न पाउनेछन । यसरी जम्माजम्मी चार जना हुन्डाईको प्रयोजनमा कतार जान पाउनेछन् ।

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफरलाई नेपालमा आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको हो । अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ ।

साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि यो अफर ल्याइएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...