चितवनमा तीन महिनादेखि ट्रायल सेवा बन्द, सेवाग्राही समस्यामा
चितवन–जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप...
भल्भो आइसर गाडीको नेपालका लागि आधिकारिक वितरक इस्टर्न एजेन्सिले यस वर्षको ‘वेस्ट सर्भिस डिष्ट्रिब्युटर्स’ अवार्ड हात पारेको छ । बतास अर्गनाइजेसन अन्तर्गतको यो कम्पनीलाई भियतनाममा आयोजना भएको एक कार्यक्रमका विच उक्त अवार्डले सम्मानित गरिएको हो ।
उक्त कार्यक्रमा संसारभरका ४ सय विक्रेता उपस्थित रहेका थिए । जसमध्ये नेपालको यो कम्पनीलाई दक्षिण एसिया रिजनमा उत्कृष्ट ठहर गर्दै सो अवार्ड दिइएको हो ।कम्पनीले यसअघि पनि विभिन्न विधाहरुमा महत्वपूर्ण अवार्ड प्राप्त गर्दै आइरहेको थियो । गत वर्ष यो कम्पनीले ‘ओभरल वेष्ट डिलर अवार्ड इन द साउथ एसिया रिजन’ र ‘एक्स्लेन्ट इनिसियटिभ अफ एग्रिगेट्स रिकण्डिसनिङ’ अवार्ड प्राप्त गरेको थियो ।
नेपाली बजारमा आयसरका लाइट कमर्सियल भेइकलदेखी हेभी ड्यूटी ट्रक, ट्रिप्पर, स्कुल वस र सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वसहरुको कारोबार हूँदै आइरहेको छ । कमर्सियल भेइकल सेग्मेन्टमा आइसर टाटापछि दोस्रो धेरै विक्री हुने ब्रान्डका रुपमा परिचित छ । यो व्रान्डलाई बतास समुहले २००८ देखि नेपाली बजारमा विक्री गर्दै आइरहेको छ ।
कम्पनीको हाल देशका विभिन्न स्थानहरुम सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क संचालन गर्दै आइरहेको छ । आयसरका गाडीहरु इन्धन किफायती विशेषताका कारण लोकप्रिय मानिन्छन् । साथै यो आरामदायी र वलियो तथा मजवुत समेत रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...