बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो ३ : साउन २० मा नेपालमा लन्च हुने

काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५ अर्थात साउन २० गते बीवाईडी एट्टो ३ आधिकारिक रुपमा लन्च गर्ने भएको छ ।

पहिले नै नेपाली बजारमा लन्च गर्ने तयारी भए पनि बजेटमार्फत इलेक्ट्रिक गाडीको करमा वृद्धि गरिए पश्चात सो कार्य रोकिएको थियो । अब भने आगामी भदौमा हुने नाडा अटो शो समेत लक्ष्य गरेर सो कार लन्च गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएपनि नेपालमा भने ठूलो ब्याट्री प्याक भएको मोडल आउने बताइएको छ । यो कारमा पछिल्लो सयम अन्तराष्र्टि«य रुपमै लोकप्रिय बन्दै गएको ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ । भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।

सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन ।

सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध गराइएको छ ।

सो गाडीको मूल्य भने त्यतिबेलै थाहा हुनेछ । यद्यपि यसको मूल्य ९० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा सुपर सोको टीसी म्याक्स इलेक्ट्रिक बाइक बिक्रीका लागि उपलब्ध...

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...