गाडीमा हुने कुलेन्ट के हो ? इन्जिन ओभर हिटिङ हुँदा कसरी चिसो हुन्छ ?

लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट बच्नका लागि कारको राम्ररी सर्भिसिङ गर्नुपर्छ । कारले लामो दुरी तय गरेपछि कारको इन्जिन विस्तारै तातो हुँदै जान्छ र विभिन्न प्रकारको समस्यासँग जुझ्नुपर्ने हुन्छ । कारमा यी सबै कुरालाई मेन्टेन गर्नको लागि कारमा कुलेन्ट जडान गरिएको हुन्छ । कुलेन्ट भनेको के हो? र यो कति महत्वपूर्ण छ, यसको बारेमा केही चर्चा गरौं ।

कुलेन्टले कारको इन्जिनलाई चिसो राखेर थप प्रभावकारी बनाउँछ । कुलेन्ट फ्लसलाई रेडिएटर फ्लस पनि भनिन्छ । यो कार भित्रको कुलेन्ट सफा गर्ने रसायनको मिश्रण हो । साथै यो स्केलिङ र खिया हटाउन पनि प्रयोग गरिन्छ । यो कारमा हुनु सबैभन्दा महत्वपूर्ण छ ।

कारको कुलेन्ट लेभल स्थिर छ र अझै पनि कारको इन्जिन अत्यधिक तातिरहेको छ भने कार प्रदूषित कुलेन्टमा चलिरहेको छ भनी बुझ्नुपर्छ । कारको कुलेन्ट चुहावट भएमा कारको रेडिएटर फ्लस गर्नुपर्छ । साथै कुलेन्टले रङ परिवर्तन गर्न थाल्यो भने पनि रेडिएटरलाई फ्लस गर्नुपर्छ ।

कारको इन्जिनबाट गन्ध आएमा पनि कुलेन्ट परिवर्तन गर्नुपर्छ भन्ने संकेत दिएको हुन्छ । कारमा दुर्गन्धको कारण कारको इन्जिन अत्याधिक तातो हुनु र कुलेन्टको कम कुलिङले हुन सक्छ । इन्जिनबाट गन्ध आउनु राम्रो भने होइन, यदि आएमा इन्जिन भित्र कुलेन्ट लिक भएको छ भनी बुझ्नुपर्छ ।

कुलेन्टले कारको इन्जिनबाट खिया लागेको हटाउनुका साथै पुरानो एन्टी–फ्रिज अवशेष हटाउन पनि मदत गर्छ । यसलाई समय समयमा पालिस गर्दा कारको कुलेन्ट सिस्टम उत्कृष्ट रहन्छ र राम्रोसँग काम गर्छ, जसका कारण कारको इन्जिन पनि चिसो राख्न मदत गर्छ ।

कारको कुलेन्ट समय समयमा पालिसिङ नगर्दा वाटर पम्प पनि खराव हुन सक्छ । यसको साथै पम्प सिल हुन्छ र यसको सिलिङ सतह घिसिन थाल्छ । कारको पानी पम्प लामो समयसम्म चलिरहनको लागि कुलेन्ट सिस्टमलाई फ्लस गर्नु आवश्यक छ ।

सम्बन्धित समाचारहरू

क्रसफायर वाइकको फ्रि चेकअप र टेष्ट राइड क्याम्प आयोजना हुने

क्रसफायर वाइकको फ्रि चेकअप र टेष्ट राइड क्याम्प आयोजना हुने

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक...

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

सवारी साधनमा इन्जिनको सुरक्षाका लागि आयल फिल्टर प्रयोग गरिन्छ । आयल...

रिकन्डिसन अटो व्यवसायीले गरे रक्तदान

रिकन्डिसन अटो व्यवसायीले गरे रक्तदान

काठमाडौं – सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...