२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

काठमाडौं – भीजी अटोमोबाइल्सले सन् २०२१ मा ४ हजार ४५६ युनिट सवारी साधन बिक्री गरेको छ । यो भन्दा पहिले सन् २०२० मा कम्पनीले ४ हजार २४० युनिट बिक्री गरेको थियो ।

केयर रेटिङस नेपालका अनुसार कम्पनीले ३ हजार ९४८ सवारी साधन डिलरमार्फत र ५०८ सवारी साधन आफ्नै सोरुममार्फत बिक्री गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो अर्धवार्षिक अवधिमा बिक्री घटेको कम्पनीको भनाइ छ । बैंकहरुले एलसी खोल्न रोकेको र तरलता अभावको कारण यसमा असर परेको बताइएको छ ।

भीजी अटोमोबाइल्सले नेपाली बजारमा सुजुकी मोटरसाइकल, अतुल अटो थ्री ह्विलर र मोटुल लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ ।

भीजी अटोमोबाइल्सको टु ह्विलरका लागि ५८ डिलर, थ्री ह्विलरका लागि १४ डिलर र लुब्रिकेन्ट्सका लागि ६६ डिलर छन् । कम्पनीको आफ्नै ३ शोरुम छन् भने टु ह्विलरका लागि एक सर्भिस सेन्टर छ ।

सम्बन्धित समाचारहरू

लामो र नयाँ डिजाइन सहितको नयाँ अल्टो अर्को महिना लन्च हुने

लामो र नयाँ डिजाइन सहितको नयाँ अल्टो अर्को महिना लन्च हुने

मारुती सुजुकीले अल्टोको नेक्स्ट जेनेरेसन मोडल अगस्टको दोस्रो हप्ता लन्च...

तीन दिनपछि सुजुकीका दुई नयाँ एसयूभी लन्च हुने, यस्ता छन् विशेषता

तीन दिनपछि सुजुकीका दुई नयाँ एसयूभी लन्च हुने, यस्ता छन् विशेषता

सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले शुक्रवार...

सुजुकी गाडी सर्भिसिङ गर्दा नगरकोटको भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन जित्ने सुनौलो मौका

सुजुकी गाडी सर्भिसिङ गर्दा नगरकोटको भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन जित्ने सुनौलो मौका

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...