एक्सयुभी ७०० को वढ्दो अभाव, माग बढी कि उत्पादन कम ?

भारतको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल एक्सयूभी ७०० लाई बजारमा उतोको १ वर्ष पुरा भएको छ । अघिल्लो वर्षको अगष्ट महिनामा लन्च गरिएको यो एसयूभी लन्च हुनु अगावै सर्वाधिक चासोको विषय वनिरहेको थियो ।

वुकिङ शुरु भएको २ दिनमै ५० हजार भन्दा बढी ग्राहकले वुक गरेको यो एसयूभीलाई हालसम्म जम्मा ४० हजार हाराहारी ग्राहकले मात्र हात पार्न सफल भएका छन् । अझै ८० हजार भन्दा बढी ग्राहकले यो गाडी हात पार्न प्रतिक्षा गरिरहेका छन् भने हरेक महिना औषतमा ९ हजार ८ सय हाराहारी वुकिङ भैरहेको छ ।

अहिले उत्पादन भैरहेको यो गाडीको संख्यालाई आधार मान्ने हो भने हालकै वुकिङ डेलिभरी गर्न अझै २ वर्ष लाग्नेछ । यसका वावजुत पनि कम्पनीले यो एसयूभीको वुकिङ लिन भने छाडेको छैन । विश्वव्यापी चीप अभावको समस्यासंग जुधिरहेको महिन्द्रा एन्ड महिन्द्राले निकट भविष्यमै यसको आपूर्ती सहज हुने र उत्पादन बढ्ने अनुमान लगाउँदै गाडीको वुकिङ सुचारु गरिरहेको बुझ्न सकिन्छ ।

भारतीय व्रान्डमा पहिलोपटक यो सेग्मेन्टमा एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम(अडास) प्रयोग भएर आएको यो एसयुभीको उत्पादनमा समेत सोही फिचर्स वाधक वनिरहेको छ । अडासका लागी धेरैभन्दा धेरै चीप आवश्यक पर्ने र उक्त चीपको आपूर्तीमा आभाव कायम भएका कारण यो गाडीको उत्पादनमा समस्या आएको हो । साथै यो एसयूभीमा एड्भान्स टेक्नोलोजीमा आधारित एड्रिनो एक्स इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । उक्त सिस्टमका लागी समेत धेरै संख्यामा चीप अवाश्यक पर्छ ।

यो एसयुभीमा महिन्द्राले भिस्टोनले विकास गरेको १०.२५ इन्चको मल्टि इन्फर्मेसन डिस्प्ले दिएको छ । जहाँ ६० भन्दा बढी कनेक्टेड फिचर्स सामेल गरिएका छन् । जसका लागी पनि ठूलो मात्रामा चीपको आवश्यकता पर्छ । यसरी फिचर्स लोडेड एसयूभी वनाएको महिन्द्रा एन्ड महिन्द्रालाई अन्तत सोही फिचर्सकै कारण उत्पादनमा समस्या निम्तिएपछि अहिले माग अनुसार यसको उत्पादन हुन सकिरहेको छैन ।

एक्सयूभी ७०० मा जस्तै नयाँ थार, एक्सयूभी ३०० र वोलेरोमा पनि उत्पादन कटौतीको समस्या यो कम्पनीले झेलिरहनु परेको छ । जसको सिधा असर नेपाली बजारमा समेत परेको छ । उत्पादन कम भएकै कारण थार र एक्सयूभी ७०० हालसम्म नेपाल आउन सकिरहेका छैनन भने वोलेरो र एक्सयूभी ३०० लाई समेत ग्राहकले भनेकै समयमा खरिद गर्न पाइरहेका छैनन् ।

सम्बन्धित समाचारहरू

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

पहिलो दिनमै महिन्द्रा एक्सईभी ९ई र बीई६ ३० हजारभन्दा बढी बुकिङ, टप-स्पेकमा झुम्मिए ग्राहक

महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी...

यस्तो हुनेछ महिन्द्राले ल्याउने स्कोर्पियो एक्स पिकअप मोडल

यस्तो हुनेछ महिन्द्राले ल्याउने स्कोर्पियो एक्स पिकअप मोडल

महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...

महिन्द्राका एसपी प्लस ट्रयाक्टर सिरिज नेपालमा

महिन्द्राका एसपी प्लस ट्रयाक्टर सिरिज नेपालमा

काठमाडौं – महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...