७ लाख ८६ हजार भारुमा लन्च भयो निशान म्याग्नाइटको रेड एडिसन

निशान मोटर्स इण्डियाले आफ्नो लोकप्रिय एसयसुभी म्याग्नइटलाई रेड एडिसनमा उतारेको छ । केहीदिन पहिले सार्वजनिक गरिएको यो एसयुभीलाई उसले आज लन्च गरेको हो । यो स्पेसल एडिसनको मूल्य ७ लाख ८६ हजारदेखी शुरु हुने बताइएको छ ।

यो नयाँ एडिसन रेगुलर म्याग्नाइटको एक्सभी ट्रिममा आधारित रहेको छ । जसको फ्रन्ट ग्रिल, फ्रन्ट वम्पर क्लेडिङ, ह्विल आर्चेज र वोडी साइड क्लेडिङमा रातो रङको सिमश्रण गरिएको छ । यो कारको लुक्स निकै आकर्षक देखिएको छ । रेड एडिसन लेखिएर आउन लागेको यो कारमा एलइडी स्कफ प्लेट, टेल डोर गार्निस र वडी ग्राफिक्समा सामन्य परिवर्तन गरिएको छ ।

साथै यो यसअघिको तीनवटै पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ । निशानले यो एसयुभीमा १.० पेट्रोल म्यानुअल, १.० टर्वो पेट्रोल म्यानुअल र १.० लिटर टर्वो पेट्रोल सिभीटी पावर ट्रेनमा उपलब्ध गराउँदै आएको छ ।

यो नयाँ एडिसनमा वायरलेस चार्जिङ, एलइडी डिआरएलएस र एम्वियन्ट लाइटिङ लगायत फिचर्स थप गरिएको छ । साथै यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको टिएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, पुश वटन स्टार्ट, शार्क–फिन एन्टेना र एयर प्यूरिफायर समेत उपलब्ध छन् ।

भारतमा सन् २०२० को अन्त्यतिर लन्च गरिएको यो सानो एसयुभी आकर्षक डिजाइन, सुविधासम्पन्न फिचर्स र कम मूल्यका कारण लोकप्रिय वनिरहेको छ । यो एसयुभीलाई नेपाली अटो पारखीले समेत अत्याधिक मात्रामा रुचाएका छन् ।

सम्बन्धित समाचारहरू

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...