सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४०० लन्च गर्ने भएको छ । यसमा फरक देखिने रियर डिजाइन हुनेछ । नयाँ एलईडी -यापराउन्ड टेलल्याम्प तेर्सो रूपमा विस्तार गरिएको छ जबकि टेलगेट र रियर बम्पर पनि परिमार्जन गरिएको छ ।

एक्सयूभी ४०० को कुल लम्बाई लगभग ४.२ मिटर हुनेछ । एक्सयूभी ४०० को डिजाइन इएक्सयूभी ३०० को अवधारणाबाट प्रभावित रहेको छ । जसमा शट–अफ फ्रन्ट ग्रिल, नयाँ डिजाइन गरिएका अलोय ह्विल उपलब्ध रहेको छ । भारतमा लन्च भएपछि यो कारले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

महिन्द्राले भविष्यमा धेरै नयाँ इलेक्ट्रिक कार पेश गर्ने योजनामा छ । महिन्द्राले नयाँ ईभी सहायक कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । महिन्द्राको यो नयाँ ईभी कम्पनीले विश्व बजारका लागि इलेक्ट्रिक फोर ह्विलर गाडी लन्च गर्नेछ । यसको लागि कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ हजार ९२५ करोड भारु लगानी गरिसकेको छ ।

बेलायतमा रहेको संस्था र महिन्द्राले एक सम्झौतामा हस्ताक्षर गरेका छन् जसअन्तर्गत ईभी कम्पनीले चार पाङ्ग्रे इलेक्ट्रिक सवारी साधनमा केन्द्रित हुनेछ । महिन्द्रा र बीआईआईले चरणबद्ध रूपमा ईभी कम्पनीमा अन्य लगानीकर्ताको आवश्यकता पूरा गर्न संयुक्त रूपमा काम गर्नेछन् ।

सम्बन्धित समाचारहरू

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

कुमारी बैंकले धितोमा रहेको स्कोर्पियो र सञ्चय कोषले पुराना मोटरसाइकल बेच्दै

काठमाडौं – कुमारी बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा...

याडिया भेलाक्समा सीमित स्टक अफर, ४० हजार कम मूल्यमा स्कुटर

याडिया भेलाक्समा सीमित स्टक अफर, ४० हजार कम मूल्यमा स्कुटर

काठमाडौं – लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे...

डिजिटल कार की ल्याउने गुगलको घोषणा, स्मार्टफोनबाट कारलाई लक, अनलक र स्टार्ट गर्न सकिने

डिजिटल कार की ल्याउने गुगलको घोषणा, स्मार्टफोनबाट कारलाई लक, अनलक र स्टार्ट गर्न सकिने

गुगलले सञ्चालन गरिरहेको आई/ओ डेभलपर कन्फ्रेन्समा हिजो नयाँ अफर ‘डिजिटल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...