अब होटेल तथा रेस्टुरेन्टको लागि १० हजारमा लेभ्निङको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर नेपाल भरिका रेस्टुरेन्ट तथा होटेलको लागि १० हजार रुपैयाँमै लेभ्निङ एलएक्स५ डी मोडल उपलब्ध गराउने भएको छ ।

‘तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको रेस्टुरेन्ट तथा होटेलले फुड डेलिभरीको लागि पाउने भएका छन् । रेस्टुरेन्ट तथा होटेलको लागि बनाइएको स्कुटर एलएक्स५ डी मोडल हो । यो स्कुटर जर्मन कम्पनी बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो जसमा सामसुङ कम्पनीको लिथियम ब्याट्री प्रयोग गरिएकोले गर्दा फुल चार्जमा राम्रो माइलेज दिने हुनाले कुनै पनि होटेल तथा रेस्टुरेन्टले कम्पनीको शोरुममा गएर १० हजार भुक्तानी गरी फाइनान्समार्फत सजिलैसँग खरिद गर्न पाउनेछन् ।

यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्नेका लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ । यस स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेशनल २०१७ का विजयी नीति साह छिन् ।

फुड डेलिभरी गर्दा पेट्रोलको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वाताबरण स्वच्छ हुने हुनाले कम्पनीले यो सहुलियत दर १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सीमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ ।

कम्पनीको सोच अनुसार होटेलमा डेलिभरी गर्न पछाडि ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएको हुनाले यो स्किम फुड डेलिभरी गर्नको लागि भनेर होटेल तथा रेस्टुरेन्टलाई लक्षित गरि लागु गरिएको छ । यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

काठमाडौं उृपत्यकाको नक्साल, टेकु, भैसेपाटी, भक्तपुर, पाटन, बाफल लगायतका स्थानको शोरुमका साथै सुर्खेत र जनकपुरमा यसका लागि सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली कर्पोरेट हाउसको इतिहासमा ३० बर्ष पुरानो र नेपालभरिको सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनि बज्र ग्रुप हो, जसले विश्वका विभिन्न प्रतिष्ठित अन्य ब्रान्डको समेत कारोबार गर्दै आइरुहेको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

कसरी बन्छन् मेट्रो ट्रेन अपरेटर ? यस्तो छ आकर्षण

भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...