स्कर्पियोको दुई मोडल, दुई फरक लक्षित ग्राहक

भारतीय अटो निर्माता महिन्द्राले केही दिनपहिले नयाँ स्कर्पियो एन सार्वजनिक गर्यो । २० वर्षदेखी उत्पादन हुँदै आएको सर्वाधिक सफल एसयुभी स्कर्पियोको नयाँ मोडल लन्च भएसंगै कतै कम्पनीले यसअघिको मोडललाई वन्द गर्न लागेको त होइन भनेर शंका समेत गर्न थालिएको छ । नयाँ स्कर्पियो पुर्णत नयाँ डिजाइन र अत्याधुनिक फिचर्सका साथ आएका कारण कतिपयले यसलाई रेगुलर मोडलकै अपग्रेडेड भर्सनका रुपमा लिइरहेका छन् ।

भारतको सवैभन्दा ठूलो एसयुभी उत्पादक यो कम्पीले यसअघि नयाँ थार र स्कर्पियो ७०० लाई समेत बजारमा उतारीसकेको छ । जसमध्ये थारमा उसले पुरानै लोगोलाई निरन्तरता दिएको छ भने एक्सयुभी ७०० मा भने नयाँ स्कर्पियोमा जस्तै नयाँ लोगो राखेको छ । यी दुई नयाँ गाडी आएसंगै महिन्द्राले पुरानो थार र एक्सयुभी ५०० को उत्पादन पूर्णरुपमा बन्द गरिसकेको छ । यी दुई मोडलको उत्पादन वन्द गरेका कारण पनि रेगुलर स्कर्पियोको भविष्य के हुने हो भनेर ग्राहकले शंसय व्यक्त गर्दै आएका हुन् ।

नयाँ स्कर्पियो एन सर्वाजनिक गरिएपनि कम्पनीले भने पुरानो मोडललाई पूर्ण रुपमा वन्द नगर्ने प्रष्ट पारेको छ । कम्पनीका अटोमोटिभ डिभिजन प्रमुख विजय नकराले दुवै स्कर्पियोको उत्पादनले निरन्तरता पाउने बताएका हुन् । भारतीय मिडियासंगको कुराकानीमा उनले यी दुवै मोडलको लक्षित ग्राहक फरकफरक भएका कारण उत्पादनले निरन्तरता पाउने बताए ।

उनले भने, ‘यी दुई मोडल विल्कुलै फरक डाइमेन्सन र फिचर्समा आधारित भई उत्पादन गरिएका कारण दुवै मोडलको लक्षित ग्राहक समेत फरकफरक हुनेछन् । हाल कारोबार भैरहेको स्कर्पियोको मागमा कुनै कमी नआएको कारण यो मोडलको उत्पादनलाई समेत निरन्तरता दिइनेछ । रेगुलर मोडलको तुलनामा नयाँ स्कर्पियो धेरै नै फिचर्स लोडेड भएको कारण यो गाडीमा युवा वर्ग बढिमात्रामा आकर्षित हुनेछन् । यो एसयुभी २४ देखी ३५ वर्ष उमेर समुहका ग्राहकको रोजाइमा पर्ने देखिन्छ ।’

रेगुलर मोडलको तुलनामा निकै नै महंगो पर्ने कारण यो एसयुभीले सोचेअनुरुप बजार लिन नसक्ने पनि देखिन्छ नि भन्ने जिज्ञासामा उनले भने, ‘यो नयाँ गाडीमा दिइएको थप विशेषता र प्रिमियमनेसका लागी ग्राहकले केही रकम तिर्न सहजै तयार हुनेछन भन्ने हामीले विश्वास लिएका छौ । एक्सयुभी ७०० को किर्तीमानि विक्री रेकर्ड र बढ्दो वुकिङले पनि यदि गाडीमा नयाँपन दिन सकिए ग्राहक मूल्यमा अल्झेर वस्दैनन भन्ने विस्वास दिलाएको छ ।’

भारतमा लन्च गरिएकै दिन नेपालमा समेत लन्च गरिएको यो एसयुभीको नेपालमा हालसम्म मूल्य सार्वजनिक भैसकेको छैन । भारतमा भने यसको शुरुवाती मूल्य १२ लाख रुपैयाँदेखी निर्धारण गरिएको छ । गाडीको वुकिङ भने अझै खुल्न सकिरहेको छैन । नेपालमा यो एसयुभीको वुकिङ भदौ ७ देखी आयोजना हुने नाडा अटो सोदेखी शुरु हुने कम्पनीले बताउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले नयाँ एक्सयूभी३०० फेसलिफ्ट मोडल ल्याउँदै, लन्च हुनु अघि सार्वजनिक

महिन्द्राले एक्सयूभी३०० को फेसलिफ्ट मोडल लन्च गर्ने तयारी गर्दैछ ।...

महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक

महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक

महिन्द्राले स्कोर्पियो एनमा आधारित पिकअपको कन्सेप्ट एसयूभी सार्वजनिक...

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...