एमजीको नयाँ इलेक्ट्रिक कार : रेन्ज ४५० किलोमिटर, प्रतिस्पर्धा फक्सवागन आइडी३ संग

एमजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचव्याक कार एमजी४ सार्वजनिक गरेको छ । यो नयाँ कारलाई कम्पनीले पहिले युरोप हुँदै विस्तारै विश्वका अन्य राष्ट्रमा बिक्री गर्ने योजना बनाएको छ । युरोपमा यसले फक्सवागन आईडी३ सिंग सिधा प्रतिस्पर्धा गर्नेछ भने अन्य केही राष्ट्रमा किया निरो इभीसंग समेत प्रतिस्पर्धा हुनसक्ने अनुमान लगाइएको छ ।

चीनीयाँ अटो उत्पादक एसएआइसी अन्तर्गतको ब्रान्ड भएका कारण यो नयाँ कारमा कम्पनीले सोही उत्पादक कम्पनीले विकास गरेको मोडुलर स्कालेवल प्लेटफर्मममा यो नयाँ कारलाई निर्माण गर्न लागेको हो । यो नयाँ कारमा ५१ र ६४ किलोवाट आवर क्षमताको व्याट्री प्याक जडान हुने भएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ४५० किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ ।

युरोपियन बजारमा यसको सिंगल मोटर रियल ह्विल ड्राइभ र डुअल मोटर फोर ह्विल ड्राइभ गरी कुल २ भेरियन्ट उपलब्ध हुनेछ । जसमध्ये सिंगल मोटर भएको भेरियन्टमा ५१ किलोवाट आवर क्षमताका व्याट्री प्याक जडान गरिनेछ । यो भेरियन्टको अधिकतम पावर १६७ एचपी र रेन्ज ३५० किलोमिटर रहने दावी छ ।

यसैगरी डुअल मोटर जडान हुने अर्को भेरियन्टमा ६४ किलोवाट अवार क्षमताको व्याट्री प्याक जडान हुने जनाइएको छ । यो कारको अधिकतम पावर २०१ एचपी र रेन्ज ४५० किलोरिमटर रहने दावी गरिएको छ । यो कारलाई १६० किलोमिटर प्रतिघण्टको गतिमा हाँक्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

जिपले नेक्सन र ब्रेजासँग प्रतिस्पर्धा गर्न कम्प्याक्ट एसयूभी ल्याउने

जिपले नेक्सन र ब्रेजासँग प्रतिस्पर्धा गर्न कम्प्याक्ट एसयूभी ल्याउने

कम्प्याक्ट एसयूभीको बढ्दो मागलाई मध्यनजर राख्दै एसयूभीका लागि चर्चित...

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...