अथरले ६ दिनपछि ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने, रेन्ज १४६ किलोमिटर पुग्ने अनुमान

इलेक्ट्रिक टु ह्विलर निर्माता अथरले ६ दिनपछि आफ्नो फ्ल्यागसिप मोडल ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने भएको छ । यो स्कुटरमा कम्पनीले ठूलो साइजको व्याट्री उपलब्ध गराने हुँदा रेन्ज समेत बढ्ने अनुमान गरिएको छ ।

हाल कारोवार भैरहेको मोडलमा २.९ किलोवाट आवर क्षमताको व्याट्री उपलब्ध रहँदै आएकोमा यसलाई बढाएर ३.६६ किलोवाट पुर्याइने अनुमान गरिएको हो । व्याट्री प्याक बढेपछि रेन्ज समेत बढेर ११६ वाट १४६ किलोमिटर पुग्नेछ ।

यो नयाँ भर्सनमा कम्पनीले ५ प्रकारको राइडिङ मोड दिन सक्ने आँकलन गरिएको छ । जसमा वार्प, स्पोर्ट, राइड, स्मार्ट र इको स्मार्ट मोड सामेल हुनेछन् । जसमध्ये वार्प मोडले प्रतिस्पर्धी ओला एस१ प्रो स्कुटरलाई समेत पछि पार्न सक्ने देखिएको छ ।

अथरले हाल उपलब्ध ४५० एक्सलाई १ लाख ३८ हजार भारुमा विक्री गर्दै आइरहेकोमा नयाँ भर्सनको मूल्य यो भन्दा धेरैले बढी हुनेछ । अथरले हाल ओकिनावा र ओला ब्रान्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै...

नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु

नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु

काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...