रोयल इन्फिल्ड बाइकको मूल्यमा भारी गिरावट : एक महिना नपुग्दै मूल्य परिमार्जन

नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड मोटरसाइकलको मूल्यमा भारी मात्रामा कमी गरिएको छ । नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले करिव एक महिना पहिले मूल्य सार्वजनिक गरेकोमा हाल फेरि यसमा परिमार्जन गरेको हो ।

अल्फा अटोमोटिभ्सले सार्वजनिक गरिएको मूल्य सूची अनुसार क्लासिक ३५० ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ र ब्याटल ग्रिन, गन ग्रे, रेडिच रेड र एसको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी सबै कलर मोडलको मूल्य ७ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी मेटियर ३५० फायरबल सबै कलर भेरिएन्टको मूल्य ८ लाख ३० हजार, मेटियर स्टेलरका सबै कलरको मूल्य ८ लाख ५० हजार र मेटियर सुपरनोभाका सबै कलरको मूल्य ८ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले विभिन्न कलर अप्सनमा उपलब्ध मेटियर ३५० को मूल्य ८ लाख ७५ हजार देखि ९ लाख ३५ हजार रुपैयाँ सम्म तोकिएको थियो ।

हालै बजेटमार्फत सरकारले २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य बढाए पछि रोयल इन्फिल्डको मूल्य पनि त्यसै अनुसार बढेको बताइएको थियो ।

हाल बिक्रीका लागि उपलब्ध रोयल इन्फिल्डका सबै मोटरसाइकल ३५० सीसीका छन् । बजेट अनुसार सरकारले अहिले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसअघि ३० प्रतिशत मात्रै भन्सार लाग्ने गरेकोमा हाल भन्सार शुल्क नै ७० प्रतिशत पुगेको हो ।

पहिले विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डका मोटरसाइकल बिक्री गर्ने गरेकोमा हालै मात्र अल्फा अटोमोटिभ्स नयाँ वितरक नियुक्त भएको हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् आज नेपालमा लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० का सात विशेषता

यस्ता छन् आज नेपालमा लन्च भएको रोयल इन्फिल्ड मेटियर ३५० का सात विशेषता

नेपाली बजारमा आज रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकल लन्च भएको छ । नेपालका...

३६ वर्ष पहिलेको बुलेट ३५० को बिल बन्यो भाइरल, १९८६ मा कति थियो यसको मूल्य ?

३६ वर्ष पहिलेको बुलेट ३५० को बिल बन्यो भाइरल, १९८६ मा कति थियो यसको मूल्य ?

रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै...

११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता

११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता

काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...