युरिनबाट चल्ने सवारी साधन बन्दै : भविष्यमा इन्धनको विकल्प बन्ने सम्भावना

मानिसको पिसाव अर्थात युरिन परिवर्तित भएर एमोनियाको रुप लिन्छ । एमोनियाको प्रयोग गरी विभिन्न प्रकारका सवारी साधन चलाउन सकिने सम्भावना देखिएको छ । विश्वमा यस सम्बन्धी विभिन्न अध्ययन भएका छन् । यसका आधारमा भविष्यमा यसलाई उपयुक्त इन्धनको रुपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।

एमोनिया अर्थात एनएच३ हाइड्रोजन र नाइट्रोजनको संयोजनले बनेको हुन्छ र यो थोरै लिक्विड केमिकल कम्पाउन्ड मध्ये एक हो । यसले कम्बसनमार्फत द्रुुत गतिमा शक्ति उत्पादन गर्छ र यसको हाई इनर्जी डेन्सिटी भोल्युम हुन्छ । एनएच३ मा कार्बन नहुने भएकाले यो बल्दा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड जस्ता दूषित ग्यास ननिकाल्ने भएकाले वातावरण प्रदूषित हुँदैन ।

अरु भन्दा यसकारण फरक
अन्य इलेक्ट्रिक ब्याट्री वा हाइड्रोजन फ्युल सेल भन्दा एमोनियाको प्रयोग धेरै कारणले उपयुक्त छ । एमोनियाको उच्च इनर्जी डेन्सिटी भएकाले एक स्थानबाट अर्को स्थानमा लैजान सहज हुन्छ ।

त्यसैगरी हाइड्रोजन फ्युल सेल भन्दा एमोनिया प्रयोग गरिएका भेइकल हल्का हुन्छन् भने लिथियम आयोन जस्तो डिस्पोजलको समस्या पनि हुँदैन । स्टोरेज, ह्यान्डलिङ र डेलिभरी इन्फ्रास्ट्रक्चर विश्वव्यापी रुपमा प्रयोगमा आइसकेकोले भविष्यमा यो ट्रकिङ, एभिएसन र सिपिङमा प्रयोग गर्न सकिने छ ।

एमोनियाको इतिहास
सामान्यतः पिसावलाई नै परिवर्तित रुपमा एमोनियाको रुपमा प्रयोग गर्न सकिन्छ । सन् २००९ मा डा. जेरार्डिन बोटले पानीबाट हाइड्रोजन निकाल्नु भन्दा मानव पिसावबाट कसरी सस्तो मूल्यमा हाइड्रोजन निकाल्न सकिन्छ भनेर देखाएका थिए । त्यसैगरी सन् २०१७ मा युनिभर्सिटी अफ वेस्ट इंगल्यान्डका रिसर्चरहरुले माइक्रोबायल फ्युल सेलको विकास गरे, जसले इलेक्ट्रिकल सर्किटको सहयोगले पिसावमा भएको ब्याक्टेरियामार्फत रोबोटलाई रिफ्यल गर्न सक्थ्यो । यसैबाट होम एप्लायन्स चलाउन सकिने बनाइएको थियो ।

युएस आर्मी रिसर्च ल्याबका रिसर्चरहरुले पनि सैद्धान्तिक रुपमा युरिनबाट कसरी डिभाइसहरुलाई पावर दिन सकिन्छ भन्ने तथ्य पत्ता लगाएका थिए ।

एमोनिया पावरको वास्तविकता
गत वर्ष हङकङको युनिभर्सिटी अफ टेक्नोलोजीले विश्वकै पहिलो एमोनियाबाट संचालित फ्युल सेल इलेक्ट्रिक भेइकल गोल्फ कार्ट सोकेश ग¥यो, जुन अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा विकास गरिएको थियो ।

यसमा भएको सिलिन्डरमा लिक्विड एमोनिया स्टोर गरिन्छ, जुन क्र्याकर हुँदै जान्छ र नाइट्रोजन तथा हाइड्रोजनमा छुट्टिन्छ । हाइड्रोजनले पावरका लागि इलेक्ट्रिसिटी जेनेरेट गर्छ र भेइकल अगाडि बढ्छ । आगामी दिनमा एमोनियाबाट चल्ने मिनीबस र एयरक्राफ्ट समेत निर्माण गर्ने उनीहरुको योजना छ ।

अन्य कम्पनीको योजना
डेनमार्कको म्यान इनर्जी सोलुसन्स्ले फ्युल फ्लेक्जिवल टु स्ट्रोक एमोनिया इन्जिन बनाइरहेको छ, जसले पहिलो युनिट सन् २०२४ मा डेलिभर गर्ने योजना बनाएको छ ।

त्यसैगरी सन् २०२० मा अमेरिकामा स्थापना भएको एमोजी कम्पनीले एउटा कम्प्याक्ट, हाई इनर्जी रियाक्टर विकास गरेको छ, जसले एमोनिया क्र्याक गरेर हाइड्रोजन छुट्याउछ र फ्युल सेलले पावर जेनेरेट गर्छ । यही महिनाको शुरुवातमा एमोजी रियाक्टरले जोन डियर ट्रयाक्टर चलाएर देखायो । आगामी दिनका लागि यो कम्पनीले प्रशस्तै फन्ड खर्च गर्ने योजना बनाएको छ ।

युरिन अर्थात पिसाव पृथ्वीमा फालिने सबैभन्दा ठूलो काम नलाग्ने पदार्थ हो । यसको उपयोग गरेर भविष्यमा गाडी चलाउने कार्यलाई अझै प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को...

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...