यी हुन् ईभी प्लेटफर्ममा वनेका ३ इलेक्ट्रिक कार, वाँकी सवै आइसीई प्लेटफर्ममा

विश्व बजारमै इलेक्ट्रिक भेइकलको माग वढ्न थालेपछि अहिले प्रायः सवैजसो ठूला अटो उत्पादकहरु यो नयाँ प्रविधिमा सिफ्ट भैरहेका छन् । यस्तोमा कतिपय नयाँ स्टार्टअप कम्पनीहरु पनि थप भैरहेका छन् । यसरी थप हुने कम्पनीहरुले ईभीको उत्पादनमा मात्र ध्यान केन्द्रित गर्दै खोज तथा अनुसन्धानको क्षेत्रमा ठूलो रकम लगानी गरिरहेका छन् ।

कुनै पनि सवारीसाधनको उत्पादनका लागि उक्त साधन उत्पादन हुँदा प्रयोग गरिने प्लेटफर्मले निकै ठूलो भुमिका खेलेको हुन्छ । सवारीसाधनको प्रकृति अनुसार उत्पादक कम्पनीहरुले फरक फरक किसिमको प्लेटफर्म प्रयोग गर्दै आइरहेका छन् । सामन्यतः प्लेटफर्म भन्नाले इन्जिन र पावरट्रेन वाहेकको च्यासिसलाई बुझाउने गर्छ । गाडीको च्यासिस बलियो भयो भने सवारीसाधन आफैमा बलियो हुने र यसले चालक र यात्रुको सुरक्षालाई अधिकतम प्रत्याभूत गर्छ । साथै उत्पादक कम्पनीको आफ्नै प्लेटफर्म हुँदा उक्त ब्रान्डमाथिको विश्वसनियता समेत बढ्ने देखिन्छ ।

इलेक्ट्रिक भेइकलको कुरा गर्नुपर्दा यो नयाँ प्रविधि भएका कारण अझै पनि अधिकांश उत्पादकहरुले यसअघिको कम्वस्चन इन्जिनमा प्रयोग गर्दै आइरहेको प्लेटफर्मलाई प्रयोग गर्दै आइरहेका छन् । ईभीको उत्पादनमा मात्र केन्द्रित टेस्ला लगायत केही कम्पनीले भने सुरुवातदेखि नै ईभी डेडिकेटेड प्लेटफर्ममा आफ्ना साधन उत्पादन गरी बिक्री–वितरण गरिरहेका कारण यी गाडीले आफ्नो सेग्मेन्टमा विशेष पहिचान बनाउन सफल भएका छन् ।

कम्वस्चन इन्जिनको उत्पादनमा अभ्यस्त अधिकांश ब्रान्डले ईभीको समेत उत्पादन थालिसके पनि अझैपनि अधिकांश यस्ता कम्पनीले विशेष प्रकारको छुट्टै प्लेटफर्म तयार गर्न सकिरहेका छैनन् । यी कम्पनीहरुले अझै पनि आइसीई प्लेटफर्ममा ईभी उत्पादन गरी बिक्री गर्दै आइरहेका छन् भने कतिपय व्रान्डले प्योर ईभी प्लेटफर्ममा काम थालिसकेका छन् ।

नेपाली बजारमा हाल कारोबार हुने ८ वटा चर्चित ईभी मध्ये हुन्डाई आयोनिक ५, नेटा भी र निसान लिफमात्र प्योर ईभी प्लेटफर्ममा उत्पादन भएका इलेक्ट्रिक कार हुन् । वाँकी रहेका टाटा नेक्सन, एमजी जेडएस, हुन्डाई कोना, किया निरो र बीवाईडी ई६ आइसिई प्लेटफर्ममा उत्पादन भएका हुन् ।

यी मध्ये आयोनिक ५ इलेक्ट्रिक ग्लोवल मोडुलर प्लेटफर्म बनेको फ्युचरिस्टक डिजाइनको कार हो भने नेटा भीलाई होजोन मोटर्सले एचपीसी प्लेटफर्मममा उत्पादन गरेको छ । जापनिज अटो निर्माता निसानले निकै नै अघिदेखि बिक्री गर्दै आइरहेको लिफमा निसान ईभी प्लेटफर्म प्रयोग गरेको छ ।

सम्बन्धित समाचारहरू

६० लाख आसपासमा लन्च हुँदै जेइको जे५, यस्तो हुनेछ पावरट्रेन र फिचर

६० लाख आसपासमा लन्च हुँदै जेइको जे५, यस्तो हुनेछ पावरट्रेन र फिचर

काठमाडौं–जेइकोको नयाँ इलेक्ट्रिक एसयूभी जे५ ६० लाख आसपासमा लन्च हुने भएको...

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनीले बनायो यस्तो आकर्षक फोल्डेबल कार

स्पेनिस कम्पनी एनटीडी इनर्जीले फोल्ड गर्न मिल्ने इलेक्ट्रिक कारको डिजाइन...

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...