फक्सवागन भर्टसमा देखियो ग्राहकको क्रेज, नेपालमा अटो शो देखी उपलब्ध हुन सक्ने

भारतमा २ हप्ताअघि लन्च भएको फक्सवागन भर्टसमा ग्राहकले अत्याधिक रुची देखाएका छन् । यो अवधिमा कम्पनीले ४ हजार युनिट कार वुकिङ लिएको र सो मध्ये २ हजार युनिट डेलिभरी दिइसकेबाट पनि यो सेडान कारमा ग्राहको क्रेज वढिरहेको प्रष्ट हुन्छ ।

साना र कम्प्याक्ट एसयुभीको बिक्री बढिरहेको भारतीय बजारमा सेडान सेग्मेन्टको यो कार अत्याधिक सफल हुने संकेत देखिएको छ । फक्सवागनले यसको सुरुवाती मूल्य ११ लाख २१ हजार भारु कायम गरी विक्री शुरु गरेको थियो । यो नयाँ कार कुल ४ भेरियन्टमा उपलब्ध रहँदै आएको छ ।

फक्सवागनले यो नयाँ कारमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, कनेक्टेड कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कीलेस इन्ट्री, वायरलेस चार्जिङ, रियर एयर कन्डिसन, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट फिचर दिइएको छ ।

यसमा ४० भन्दा बढी सेफ्टी फिचर दिइएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल सिस्टम, मल्टि–कोलिजन ब्रेक, रियर पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर दिइएको छ ।

यो नयाँ कारमा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० बीएचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा १.५ लिटर इन्जिन पनि रहेको छ, जसले १५० एचपी पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पिड डिएसजी अटोमेटिक गियर समावेश छ ।

यो नयाँ कार नेपालमा भने भदौमा आयोजना हुने नाडा अटो सोदेखी उपलब्ध हुन सक्ने संभावना देखिएको छ । हाल सरकारले असार मसान्तसम्मका लागी कम्वस्चन इन्जिनयुक्त गाडीको आयतमाथी प्रतिवन्ध लगाएका कारण उक्त प्रतिवन्ध हट्ने वित्तिकै यो कार नेपाल आउन सक्ने संभावना देखिएको हो ।

सम्बन्धित समाचारहरू

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

फक्सवागन भर्टस सार्वजनिक भएकोे छ । सो नयाँ मोडल भारतीय बजारमा छिट्टै लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...