महिन्द्राद्वारा नेपालमा अल–न्यु स्कर्पियो–एनको अनावरण

काठमाडौँ – महिन्द्राले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यु स्कर्पियो–एन’ को अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यु स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनएको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने बताइएको छ ।

अल–न्यु स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ ।

अल–न्यु स्पर्पियो–एनमा कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । यसमा भएको ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको, द स्कर्पियो–एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेललाई एनको शक्तिसम्म पु-याउँछ ।

रोमाञ्चक कार्यदक्षता
नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ । द स्कर्पियो–एन एक, जसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डिजेल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ ।

छुटाउन नसकिने उपस्थिति
द स्कर्पियो–एन ले पौरुसत्व कारकलाई पूरै नयाँ तहमा अगाडि लैजान्छ । सिग्नेचर ह्वील आर्चहरू पौडीवाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्युल सिल्हुट)बाट प्रेरणा लिंदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन् । धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ, यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया –एनलाई थप आकर्षण दिन्छ । डिजाइनको कमान्डिङ प्रकृति सहजै अग्रभागमा पनि अनुवादित भएको छ । स्कर्पियो (बिच्छी)को चरित्र सर्वव्यापी छ किनकि अग्लो, स्ट्याक गरिएको टेलल्याम्प डिजाइनले अगाडिको जस्तै पछाडिको भागमा एक प्रभावशाली उपस्थिति जनाउँछ ।

प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा
पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ । द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।

परिष्कृत सवारी सञ्चालन र ह्यान्डलिङ
द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ । गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर
सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली रहेको छ । यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुन्छ तथा चार वटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्छ ।

‘जहाँ गए पनि’ क्षमता
द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ । केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ । स्कर्पियो–एनले पनि चालकको मुडः जिप, जाप र जूम मिलाउन तीन ड्राइभ मोड प्राप्त गर्दछ । विशेष गरी भीडभाडयुक्त (ट्राफिक)मा सहज सवारीका सवारी लागि जिप, वास्तविक महिन्द्रा एसयूभी कार्यदक्षता लागि जाप र, थप आकर्षक र रोमाञ्चक सवारी सञ्चालको गुणस्तरको लागि जुम अप

प्रविधिसँगै उभिने
अल–न्यु स्कर्पियो–एनले प्रविधिमा उच्च स्कोर हासिल गर्दछ, जसले सहरी तथा प्राविधिक ज्ञान भएका ग्राहकहरूलाई अतुलनीय मूल्य प्रस्ताव प्रदान गर्दछ, जो आफ्नो एसयूभीसँग अर्को स्तरमा सहभागिताको खोजीमा छन् ।

मूल्य र बुकिङ
नेपालमा अहिले यो गाडी सार्वजनिक मात्र गरिएको हो । हाल यसको बुकिङ समेत खुलाइएको छैन । त्यसैगरी यसको मूल्य पनि अहिले सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० फेसलिफ्टको नेपालमा बिक्री शुरु हुँदै, यस्ता छन् फिचर र पावरट्रेन

महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली...

महिन्द्रको नयाँ ईभी एक्सयुभी ७०० जस्तै देखिने, लिक भयो विवरण

महिन्द्रको नयाँ ईभी एक्सयुभी ७०० जस्तै देखिने, लिक भयो विवरण

महिन्द्राले हालै गरेको ट्रेडमार्क फाइलिङले एक्सयूभी ७०० को विद्युतीय...

महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि

महिन्द्राको स्पेयर पार्टस आउटलेट अब भोजपुरमा पनि

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...