अशोक लेल्याण्डको नेपाली बजार : साना कमर्सियल देखी डिफेन्स भेइकल सम्मको कारोवार

कमर्सियल भेइकलको उत्पादनमा कहलिएको भारतीय अटो उत्पादक अशोक लेल्याण्ड नेपाल भित्रिएको निकै लामो समय वितिसकेको छ । नेपालमा यो ब्रान्डको आधिकारिक विक्रेता विभिन्न कालखण्डमा परिवर्तन हुँदै विगत ८ वर्षयता आइएमई ग्रुप मातहत आएको छ ।

भारतको दोस्रो ठूलो कमर्सियल भेइकल उत्पादक हिन्दुजा ग्रुप अन्तर्गतको यो ब्रान्ड वलियो, मजवुत र उच्च पर्फमेन्सयुक्त सवारीसाधनको उत्पादनका कारण चर्चामा रहँदै आएको छ । कमर्सियल भेइकल सेग्मेन्टमा प्राय सवैजसो रेन्जका गाडी उत्पादन गर्दै आइरहेको यो ब्रान्डको नेपाली बजारमा अहिले लाइट कमर्सियलदेखी सुरक्षा निकायले प्रयोग गर्ने डिफेन्स भेइकलसम्म उपलब्ध छन् । अशोक लेल्याण्डलाई हेभी ड्युटी भेइकलका रुपमा समेत चिन्ने गरिन्छ ।

कमर्सियल भेइकलमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको अशोक लेल्याण्डको नेपालमा ठुला मालवाहक ट्रक, ट्रिप्पर, सार्वजनिक यातायातमा प्रयोग हुने ठूलादेखी साना वस, स्कुल वस, साना कमर्सियल भेइकल र डिफेन्स ट्रकहरुको विक्री बढदै गएको छ । यी सवारीसाधनको बिक्री बढ्न थालेसंगै कम्पनीले देशका विभिन्न स्थानहरुमा सर्भिस र स्पेयर पार्टस् सहितको आफ्टर सेल्स सर्भिस नेटवर्क समेत विस्तार गरिरहेको छ ।

नेपाली बजारमा अहिले यो ब्रान्डको लाइट कमर्सियल भेइकलमा दोस्त, ६ देखी १२ चक्कासम्मका ट्रक एवं ट्रक टेलर, ६ देखी १२ चक्कासम्मकै ट्रिप्पर र सानादेखी ठूलो क्षमतासम्मको प्यासेन्जर वस एवं स्कुल वस उपलब्ध छन् । नेपालमा साझा लगायत अन्य थुप्रै यातायात व्यवसायीले यो ब्रान्डको वस संचालन गर्दै आइरहेका छन् भने ढुवानी व्यवसायीको रोजाइमा ट्रक र ट्रिप्पर पर्न सफल छन् । यसैगरी स्कुल वसमा समेत यो ब्रान्डको बजार क्रमिक रुपमा बृद्धि भैरहेको छ ।

यो ब्रान्डको सबैभन्दा राम्रो उपस्थिती डिफेन्स भेइकलमा रहँदै आएको छ । भारतको डिफेन्स क्षेत्रमा सवैभन्दा ठूलो सप्लायर रहेको अशोक लेल्यान्डले नेपाली सुरक्षा निकायमा पनि वलियो पकड कायम राखेको छ । यो ब्रान्डको स्टालियन ट्रकलाई नेपाल आर्मीले ठूलो संख्यामा खरिद गरी प्रयोग गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्डको मेघा सर्भिस क्याम्प शुरु, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

अशोक लेल्यान्डको मेघा सर्भिस क्याम्प शुरु, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

अशोक लेल्यान्ड गाडाीको नेपालका लागि आधिकारिक बितरक आइएमई मोटर्सले देशभर...

आईएमई मोटर्सको लोन मेला सुरु

आईएमई मोटर्सको लोन मेला सुरु

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले ग्राहकहरुलाई...

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौँ – आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...