दशैंमा बिक्री गर्न महिन्द्रासंग छैन स्कर्पियो, एक्सयुभी ३०० र ५००
नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण...
काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो एसयूभीलाई अपडेट गरेर बजारमा ल्याउने चर्चा चलेको स्कोर्पियो एन आज नेपाल र भारत दुवै देशबाट एकैपटक सार्वजनिक हुँदैछ ।
महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले स्कोर्पियो एन नेपाली बजारमा लन्च गर्ने तयारी गरेको हो । यद्यपि कम्पनीले यसलाई सके सम्म उत्सुकतापूर्ण बनाउन चाहेको छ ।
कार्यक्रम सम्बन्धी निमन्त्रणा पत्रमा ‘द ग्लोबल अन्भेलिङ अफ द नेक्स्ट बिग थिङ’ भनिएको छ । यसमा ‘बिग’ शब्दलाई बोल्ड गरिएको छ । स्कोर्पियो एनलाई महिन्द्राले बिग ड्याडी अफ एसयूभी भनिरहेको समयमा त्यसैलाई फोकस गर्न बिग शब्द राखिएको अनुमान गर्न सकिन्छ ।
महिन्द्रा स्कोर्पियो–एन पूर्ण रूपमा नयाँ डिजाइनको साथमा उपलब्ध हुनेछ । कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध हुनेछ ।
कारको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।
एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ । एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल हुनेछ । स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।
स्कोर्पियो–एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ । महिन्द्रा स्कोर्पियो–एनमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ ।
महिन्द्रा स्कोर्पियो एन २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ । यसको मूल्य र आधिकारिक फिचर पनि आज सार्वजनिक हुनेछ ।
नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण...
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी...
महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...