टेस्ला मोडल थ्रीलाई पछि पार्यो साओमी एसयू–७ ले, मोडल वाईसंग प्रतिस्पर्धा गर्न नयाँ ईभी ल्याउँदै
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
चीनीयाँ ब्रान्ड सुपरसोको प्रिमियम रेन्जका इलेक्ट्रिक टु ह्विलर उत्पादनमा कहलिएको नाम हो । यो ब्रान्डको नेपाली बजारमा विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध रहँदै आएका छन् । नेपालका लागी आधिकारिक वितरक डि लाइफ स्टाइलले हाल ४ भिन्न प्रकारका मोटरसाइकल आयत गरी कारोबार गर्दै आइरहेको छ । यी सवै वाइक रेट्रो स्क्र्याम्वलर डिजाइनबाट प्रेरित छन् ।
यी वाइकको मूल्य २ लाख ९६ हजारदेखी ४ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । जसमध्ये इन्ट्रि लेवलको सुपरसोको टिसी सिंगल व्याट्रीलाई २ लाख ९६ हजार र डवल व्याट्रीलाई ३ लाख ९० हजार रुपैयाँ पर्छ । यो मोटरसाइकलमा ६० भोल्ट ३० एम्पिएर आवार क्षमताको लिथियम आयोन व्याट्री र १ हजार ९ सय वाटको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ३ हजार वाट र टर्क १५० एनएम रहेको छ । ८० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने यसको सिंगल व्याट्रीले ८० र डवल व्याट्रीले १६० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यसैगरी अर्को मोडल टिएस सुपर हन्टरको मूल्य सिंगल व्याट्रीको ३ लाख ८० हजार र डवल व्याट्रीको ४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइकलमा ६० भोल्ट ३२ एम्पिएर आवार क्षमताको लिथियम आयोन व्याट्री र २ हजार ५ सय वाटको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ३ हजार ५ सय वाट र टर्क १८० एनएम रहेको छ । ७५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने यसको सिंगल व्याट्रीले १०० र डवल व्याट्रीले २०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
अर्को मोडल टिसी वान्डररको मूल्य सिंगल व्याट्रीको ३ लाख ९० हजार र डवल व्याट्रीको ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकलमा ६० भोल्ट ३२ एम्पिएर आवार क्षमताको लिथियम आयोन व्याट्री र १ हजार ९ सय वाटको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ३ हजार ५ सय वाट र टर्क १८० एनएम रहेको छ । ७५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने यसको सिंगल व्याट्रीले १०० र डवल व्याट्रीले २०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
यसको फ्ल्यागसिप मोडल टिसी म्याक्सको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो वाइक सिंगल व्याट्री अप्सनमा मात्र उपलब्ध छ । जसमा ७५ भोल्ट ४५ एम्पिएर आवार क्षमताको लिथियम आयोन व्याट्री र ३ हजार ९ सय वाटको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ५ हजार वाट र टर्क १८० एनएम रहेको छ । ११० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने यो प्रिमियम इलेक्ट्रिक वाइकले ११० किलोमिटर रेन्ज दिने दावी छ ।
चिनियाँ टेक जायन्ट कम्पनी साओमीले ल्याएको एसयू–७ ले टेस्ला मोडल थ्रीलाई...
नेपाली बजारमा हालै प्रोटोनको नयाँ ईभी ईमास ७ भित्रिएको छ । मलेसिया पछि...
काठमाडौं – प्रतिष्ठित आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...